उपचारका लागि सहयोगको आह्वान

  प्रकाशित मिति
१६ फाल्गुन २०७२, आईतवार ०५:३६


gupta dajubhai
बुधवारे । झापाको बुधवारे–७ स्थित नवकिरण निम्न माध्यमिक विद्यालयमा अध्ययनरत् एकै परिवारका दुई विद्यार्थी शरीरभरि माछाको कत्ला जस्तो घाउ आउने छालाको अनौठो रोगबाट पीडित बनेका छन् ।

रोगबाट पीडित हुने विद्यार्थीमा कक्षा ३ मा पढ्ने ९ वर्षीय भुवन गुप्ता र पूर्व प्राथमिक कक्षामा पढ्ने ४ वर्षका उनका कान्छा भाइ सरोज गुप्ता रहेका छन् ।

अनौठो रोगबाट प्रभावित भुवनले घाममा बस्दा शरीर पोल्ने र दुख्ने गरेको पीडा सुनाएका छन् । आँखा र ओठ बाहेक शरीरका सबै बाहिरी अङ्गमा रोगको सङ्व्रmमण फैलिएको छ ।

उनीहरूका वुवा सञ्जय गुप्ता परिवारको गुजाराका लागि साइकल मेकानिक काम गर्छन् भने आमा सामान्य गृहिणी छन् ।
आफ्ना ३ सन्तानमध्ये जेठो छोरा भुवन र कान्छो सरोजमा माछाको कत्ला जस्तो घाउ आउने रोगले जन्मैदेखि सताउँदै आएको सञ्जय गुप्ता बताउँछन् । माइलो छोरोमा भने यस्तो समस्या छैन ।

पढ्नमा मिहेनती भुवन र सरोज रोगले सताएर जतिसुकै पीडा दिए पनि घर छेउ रहेको विद्यालयमा नियमित पढ्न आउने गरेको शिक्षिका करुणा राजबंशी बताउँछिन् ।

‘घाममा राख्नै हुँदोरहेनछ’, विद्यालयकी शिक्षिका राजबंशी उनीहरूले व्यहोर्ने गरेको सकसबारे भन्छिन्–‘बस्दा, उठ्दा र हिड्दा समेत घाउ दुख्ने गर्दोरहेछ ।’

छालाको रोग भनेर झापा र भारत सिलगढीका विभिन्न अस्पतालमा उपचार गर्न लैजाँदा समेत विमार निको नभएको गुप्ता परिवारको भनाई छ ।

साइकल मर्मतको सानो व्यवसाय गरेर परिवारको भरणपोषण गर्दै आएका सञ्जय गुप्ताले सुविधा सम्पन्न अस्पतालमा लैजान कसैले सहयोग दिए आफ्ना छोराहरूले रोगबाट मुक्ति पाउने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: