उपचारमा २५ प्रतिशत छुटको घोषणा

  प्रकाशित मिति
२ असार २०७४, शुक्रबार ११:२६


eye

काँकरभिट्टा । मेची नेत्रालय एन्ड अफ्थाल्मिक रिसर्च सेन्टर प्रा.लि.ले दशौँ वार्षिकोत्सवको अवसरमा उपचारमा विशेष छुटको सुविधासहित विभिन्न कार्यक्रम घोषणा गरेको छ ।

नेत्रालयका तर्फबाट विहीवार विहान काँकरभिट्टाको घारी रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेत्रालयका मेडिकल डाइरेक्टर डा. शरदचन्द्र राईले नेत्रालयले आगामी असार १४ गते सफलताको दश वर्ष पूरा गरी एघारौ वर्षमा प्रवेश गर्ने जानकारी दिए ।

उनले यस अवसरमा असार ११ देखि १६ गतेसम्ममा सम्पूर्ण उपचारमा २५ प्रतिशत छुट दिने, कर्मचारी र ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने र काँकरभिट्टा माविका विद्यार्थीलाई व्याग वितरण गर्ने कार्यक्रम रहेको बताए ।

हस्पिटलले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत नेपाल पत्रकार महासङ्घ झापाको पत्रकार उपचार कोषलाई आर्थिक सहयोग समेत गर्ने डा. राईले पत्रकार सम्मेलनमा बताएका छन् ।

एक दशकदेखि सञ्चालनमा आइरहेको मेची नेत्रालयले रेटिना सम्बन्धी विशेषज्ञ सेवासहित जनरल अफ्थाल्मोलोजी, भिट्रियो रेटिनल क्लिनिक, ग्लकोमा (जलविन्दु) क्लिनिक, कर्निया क्लिनिक, युभिया क्लिनिक, लो भिजन क्लिनिक, कन्ट्याक्ट लेन्स क्लिनिक र अर्थोप्टिक क्लिनिक सेवा प्रदान गरिरहेको छ ।

एक दशकको अनुभवसहित मेची नेत्रालयले आगामी दिनमा अझ सुविधा थप्दै जाने र सुपरस्पेशलिस्ट सेवा बढाउँदै जाने मेडिकल डाइरेक्टर डा. राईले बताएका छन् ।

हाल भारतबाट आउने विरामीको सङ्ख्या एक तिहाइ जति भएको जनाउँदै नेपालमा हुने गुणस्तरीय उपचारप्रतिको भरोसा र विश्वास नै भारतीय विरामी ओइरिनुको कारण भएको उनी बताउँछन् ।

मेची नेत्रालयले १० वर्षभन्दा मुनि र ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क उपचार सेवा प्रदान गरिरहेको र फुटबल लगायतका ठूला खेलकुद प्रतियोगिताहरुमा मुख्य प्रायोजकको रुपमा सामाजिक उत्तरदायित्व वहन गरिरहेको नेत्रालयको प्रशासकीय प्रमुख पुनम प्रधानले जानकारी दिइन् ।

सो अवसरमा पत्रकारहरुले विभिन्न जिज्ञासा राख्नुका साथै नेत्रालयको वार्षिकोत्सव अवसरलाई स्मरणीय बनाउन सुझाव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: