उपचार नपाएरै प्राण त्यागिन् सानुले, छ वटा अस्पताल धाएपछि जाँच्दा कोरोना भेटिएन

  प्रकाशित मिति
१३ भाद्र २०७७, शनिबार २१:२१


झापा, १३ भदौ । कोरोना त्रासले उपचार गर्न नमानेका कारण छ वटा अस्पताल डुलाउँदा डुलाउँदै मोरङ पथरीकी ६२ वर्षीया सानुकुमारी राईको मृत्यु भएको छ ।

पथरी शनिश्चरे नगरपालिका वडा नं. २ की राईलाई पिसाब बन्द हुने समस्या देखिएपछि बुधवार राति ८ बजे सबैभन्दा पहिले पथरीको मोरङ डाइग्नोस्टिक सेन्टरमा उपचारका लागि पुर्याइएको थियो ।

सेन्टरले मृगौला खराब भएको हुनसक्ने आँकलन गर्दै बिर्तामोडको बीएन्डसी रेफर गरेको उनकी छोरी मेनुका राईले बताइन् ।

बिरामीका आफन्तले बीएन्डसीमा समेत उपचार नपाएपछि नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङहोम र गोल्डेन अस्पतालमा उपचार पाइन्छ कि भनेर आश गरे । अधिकांश अस्पतालले कोरोनाको आशंका गर्दै भर्ना नलिई गेटबाटै फर्काइदिए । उनीहरुले कोभिड अस्पताल लैजान अर्ती दिए ।

भोलिपल्ट बिहीबार बिहान अन्यत्र कहिँ उपचार नपाएकी सानुकुमारीलाई विराटनगरको कोशी अस्पतालमा पु¥याइयो । तर समय ढिलो भइसकेको थियो, उनले उपचार नपाउँदै प्राण त्यागिन् ।

मृत्युपश्चात सानुकुमारीको शबको स्वाव परीक्षण गरिदा रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: