उपचार नपाएर कहिलेसम्म मरिरहनु पर्ने ?

  प्रकाशित मिति
२८ श्रावण २०७७, बुधबार १९:४४


गोविन्द न्यौपाने

जुनवेला माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालद्वारा सरकारको आलोचना गर्ने सबैलाई महामारीविरुद्ध लड्न मति सप्रिनका लागि शुभकामना दिएको खवर आउँदै थियो । त्यति नै वेला झापा र वीरगञ्जमा गरी २ वालकको अस्पताल चहार्दा चहार्दै मृत्यु भएको खबर आइरहेको थियो ।

मेचीनगर नगरपालिका वडा नं. ५ का ११ वर्षीय सागर तामाङ ज्वरो आएर उपचारका लागि अस्पतालका लागि लगिएकोमा जीवित फर्केनन् । कोभिड संक्रमणको आशंकामा उनलाई एक अस्पतालवाट अर्को अस्पताल रेफर गर्दागर्दै उनको ज्यान गएको संचारमाध्यमले वताएका छन् ।

एक अस्पतालका सञ्चालकले संचारमाध्यमा कोभिड ‘सस्पेक्टेड केस’ भएको र आफुहरुले उपचार गर्न नमिल्ने भएको वताएका थिए । अर्कातिर ती सञ्चालकलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले घटना भएको १ दिन पहिला नै देशै भरका सरकारी, निजी, सामुदायिक र गैरसरकारी संस्थाले संचालन गरेका अस्पतालमा २० प्रतिशत क्षमता कोभिडको उपचारका लागि राख्नुपर्ने आदेश फर्माएका वारेमा भने जानकारी नभएको जस्तो देखियो ।

सोही दिन बाराको बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी ९ वर्षीय सुशीलकुमार साहको मंगलबार बिहान १० बजे वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मृत्यु भएको थियो । झाडापखाला र बान्ता निको नभएपछि आइतबार राति करिब ४ बजे साहलाई परिवारले थप उपचारका लागि वीरगन्ज लिएर आएका भए पनि विभिन्न ५ वटा अस्पताल चहार्दा कसैले भर्ना लिएनन् । अन्त्यमा फेरि प्रहरीको भनसुनले दोस्रो पटकमा नेसनल मेडिकल कलेजले सोमबार बिहान ९ बजे भर्ना लिए पनि दिन भरि उपचार नगरी छुट्टै कोठामा राखेको झन्डै २४ घन्टापछि बालकको मृत्यु भएको सञ्चारमाध्यमवाट थाहा भएको छ ।

यही लकडाउन कायमै रहेको अवस्थामा २०७७ असार ८ गते धनुषा हंसपुर प्रसाहीका १६ वर्षीय राजु सदा अस्पतालको आइसोलेसनमा झाडा पखालाका कारण कष्टपूर्ण तरिकाले ज्यान त्याग्न बाध्य भए । नावालक हुँदै कामका लागि भारत गएका राजु कोरोना कहरका माझ भारतमा लकडाउन खुकुलो भए पश्चात धनुषा आएका थिए । आफनै देशमा आउँदा पनि झाडापखाला जस्तो रोगवाट ज्यान गयो । उनको ज्यान कुनै निजी अस्पतालमा गएको नभइ वरु सरकारकै जनकपुरस्थित प्रादेशिक अस्पतालमा गएको थियो ।

केही समय पहिला निजी अस्पताल कोरोना संक्रमितको उपचारमा विमुख रहेको भन्दै दायर मुद्दामाथिको सुनुवाई क्रममा तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यस्ता अस्पताल र मेडिकल कलेजलाई सरकारले नियन्त्रणमा लिएर संक्रमितको पहिचान र उपचारमा खटाउने तयारी गरिरहेको बताएका थिए । ‘सबै अस्पतालको स्वामित्व अब राज्यले लिन्छ । सबै अस्पतालको बेड तथा मेडिकल कलेज राज्यको नियन्त्रणमा सञ्चालन गरिनेछ,’ भन्ने नेपाल सरकारको भनाई समेतको उपहास भएको छ । सरकारका प्रवत्ताले भनेको कुरा समेत ख्यालख्यालमा परिणत हुन्छ भने त्यो भन्दा दुखद् अरु के होला ।

माथि उल्लेख गरिएका विरामीहरुको सम्वन्धमा भने कोभिड भएको भन्ने उल्लेख नभएको भए पनि सामान्यत ज्वरो र झाडा पखाला हुँदा समेत उपचार सेवा नदिने स्वास्थ्य संस्थाहरुमा किन अव आम नेपालीले सेवा लिन जानुपर्ने भन्ने प्रश्न खडा भए पनि विकल्प नभएका कारण फेरी मनमा पीडा वोकेर भए पनि त्यही अस्पतालको ढोका नै ढकढक्याउनु पर्ने अवस्था छ । फेरि उपचार समेत निःशुल्क नभई सशुल्क नै गर्नु पर्दा समेत यस्तो किसिमको लाञ्छना र भेदभाव किन ? भन्ने वारेमा सरकारमा वसेका उच्च पदस्थहरुको चेत÷मति सप्रनु पर्ने हो कि आलोचना गर्ने को ?

अmझ सरकारसँग अनुमति लिँदा नीजिस्तरका अस्पताल खोल्दा नेपाल सरकारसँग न्यूनतम शर्तहरु पालना गर्ने अनुसार कुनै पनि अस्पतालले उपचार गर्दिन भन्न नपाउने प्रावधान समेत कोभिडको शंका गर्दैमा लागु नहुने हो भने केही भन्नु नपर्ला । हरेक अस्पतालले २० प्रतिशत कोभिडको क्षमता कायम राख्नुपर्ने निर्देशन समेत थाहा नभए जस्तो गर्दा पनि सरकार नियमन नगर्ने अनि आलोचकको मति सप्रदैमा कोभिड नियन्त्रणमा वल पुग्ने त पक्कै हँुदैन होला ।

कटारी–५ का २३ वर्षीय पदम राई ।

क्वारेन्टाइनमा नै औषधि खान नपाएर मृत्यू भएका, अस्पताल चहार्दा चहार्दै मृत्यु भएका, गर्भवती महिलालाई अस्पतालमा भर्ना नलिइ फर्काइएका त कैयन समाचारहरु आएका छन् । तर बालबालिककका सम्वन्धमा भने यो लापर्वाही बालबालिका माथिको हिंसाको रुपमा लिन सकिन्छ । नेपालको संविधान २०७२ धारा ३९ को उपधारा २ ‘वमोजिम प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा व्यक्तित्व विकासको हक हुनेछ’ भन्ने उल्लेख गरिए पनि सामान्य ज्वरो र झाडा पखालावाट ज्यान गुमाउनु पर्ने अवस्थाको शिकार स्वयम् हाम्रा बालबालिका हुनुपर्ने देखियो ।

कोभिड संक्रमण भएको हो कि हैन भन्ने वारेमा शंकास्पदको समेत यात्राको विवरण उसको वसाई भएको स्थान र कोभिडको अवस्था आदिको लेखाजोखा गर्न सकिन्छ । अहिले त कोभिड भए पनि नभए पनि आधारभूत सुरक्षा त सवैले गर्नुपर्ने अवस्थामा चिकित्सकहरु पनि सुरक्षित हुनु नपर्ने भन्ने प्रश्न होइन । सत्य हो चिकित्सक र अस्पताल सतर्क नभए संक्रमण फैलन्छ तर संक्रमण हुने आशंकामा नै चिकित्सक र अस्पतालले उपचार नगर्ने भनेको युद्धका वेलामा सिपाइ युद्ध मैदान छोड्ने सरह नै हो ।

त्यसकारण नागरिकको मात्र होइन मति सवैको सुध्रनु पर्नेछ । नागरिकको भन्दा पनि जिम्मेवार निकायमा वस्ने, उच्च ओहोदामा वस्नेहरुको झन छिटो मति सप्रनु पर्दछ । अधिकार सम्पन्न स्थानीय तहहरु छन् ।

आफ्ना स्वास्थ्य सेवा प्रदायक संस्थाहरु ज्वरो र झाडा पखालाको समेत उपचार गर्न नसक्नेगरि राखी रहनु, अस्पतालको स्तरोन्नति नगर्नु ठूलो लाचारी हो । मेचीनगर कै कुरा गर्ने हो भने धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र र आम्दा अस्पतालहरु ज्वरो र झाडा पखालाको समेत उपचार गर्ने अवस्थामा नहुनु दुखद् छ ।

दुवै अस्पतालले आकस्मिक सेवा सञ्चालन गर्दछन् तर सामान्य ज्वरो आएको विरामी अस्पताल चहार्दा चहार्दै ज्यान गुमाउँछ भने आज हाम्रो स्थानीय तहको स्वास्थ्य प्रणालीमा समेत प्रश्न किन नउठाउने ? सँगैमा अर्जुनधार नपास्थित शनिश्चरेको प्राथमिक स्वास्थ्य चौकी हेर्ने हो भने जिल्ला अस्पताल भन्दा राम्रो सेवा प्रवाह गरेको देखिन्छ, नपत्याए गएर एकपटक अवलोकन गरे भइहाल्छ । हामी कहाँ चुकेका छौं स्पष्ट हुन्छ । त्यसैले अझै ढिलो नगरौं, मति त सुधार्नु नै छ तर कहाँवाट थाल्ने हो भन्ने अन्योल नगरौं । समस्या हामी आफैमा देखिन्छ, आफैवाट सुरु गरौं ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: