जिउँदै लाश बनेका गोपीको बिर्तासिटीले गर्यो उद्धार

  प्रकाशित मिति
२९ भाद्र २०७८, मंगलवार १४:५८


विर्तामोड, २९ भदौ । उपचार अभावमा जिउँदै लाश बनेका अर्जुनधाराका २४ वर्षीय गोपी बस्नेतको सम्पूर्ण उपचार विर्तामोडको पूर्णटुंग विर्तासिटी हस्पिटलले गरिदिने भएको छ ।

अर्जुनधारा वडा नं. ६ लक्ष्मीपुरका बस्नेत लकडाउन अघिसम्म यातायात मजदूर थिए । रोजगारीका लागि बेंगलोर गएपछि विरामी भएर ओछ्यान परेका उनी हाल घरमै मृत्युसँग संघर्ष गरिरहेका थिए ।

उनको दयनीय अवस्था बारेमा झापाका पत्रकार एवम् सेतोपाटीका रिपोर्टर बिनोद सापकोटाले समाचार लेखेर सबैको ध्यानाकर्षण गराएका थिए । विरामीका बुवा विर्तामोडका तत्कालीन धनाढ्य पदमबहादुर गिरीको घरमा ३५ वर्ष भान्से बसेका थिए ।

उनको समाचार पढेपछि आँखाबाट आँशु खसेको र तत्काल उनको उद्धार गरेर उपचारका लागि अस्पतालमा भर्ना गरिएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकृत बमबहादुर बस्नेतले लोकतन्त्र पोस्टलाई बताए ।

पत्रकार विनोद सापकोटाका अनुसार आज दिउँसो अस्पतालको टोली एम्बुलेन्स लिएर विरामीलाई लिन घरमै पुगेको थियो ।

दिउँसो २ बजेतिर उनलाई अस्पतालको बेडमा भर्ना गरेर उपचार सुरु गरिएको बस्नेतले जानकारी दिए ।

उनको उपचार अस्पतालले निःशुल्क गरिदिने भएको छ । पत्रकार सापकोटाले उनको उपचार निःशुल्क भएकोमा खुशी व्यक्त गरेका छन् ।

(सबै फोटो : बिनोद सापकोटा)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: