उपप्रमुखहरुले सुनाए न्यायिक समितिको अनुभव

  प्रकाशित मिति
१८ बैशाख २०७६, बुधबार २१:११



मेचीनगर । नारी सञ्चार गृह झापाको आयोजनामा तीन दिवसीय अन्तरक्रिया तथा पत्रकारिता तालिम बुधवार यहाँस्थित एनएमसी हलमा सुरु भएको छ ।
पहिलो दिन बुधवार झापाका नगर तथा गाउँपालिकाहरुको उपप्रमुखहरुसँग पत्रकारहरुले अन्तरक्रिया गरेका थिए ।

न्यायिक समितिको संयोजकको समेत जिम्मेवारी वहन गरिरहेका उपप्रमुखहरुले कार्य सम्पादन क्रममा भोग्नु परेका समस्या र अहिलेसम्मको उपलब्धिका विषयमा कार्यक्रममा छलफल गरिएको थियो ।

कार्यक्रममा उपप्रमुखहरु मेचीनगरकी मीना उप्रेती, शिवसताक्षीकी भोजकुमारी नेपाल, गौरादहकी गीता भेटवाल, बाह्रदशीकी रत्ना राजबंशी र हल्दिबारीका डम्बर गिरीले न्यायिक समितिको कार्य सम्पादनको अनुभव, चुनौति र अवसरका बारेमा बताएका थिए ।

पत्रकारहरुले उपप्रमुखहरुलाई विभिन्न सन्दर्भमा प्रश्न राखेका थिए भने न्यायिक समितिमा बसेर गरिएको निर्णयहरु कार्यान्वयनमा चुनौति थपिएको उनीहरुले अनुभव सुनाएका थिए ।
स्थानीय तहसँग पर्याप्त स्रोत साधन नहुनु, इजलास कक्ष नबनाइनु, कानूनी ज्ञान नहुन्ु आदिले गर्दा न्याय सम्पादन असहज भइरहेको उपप्रमुखहरुको गुनासो थियो ।

नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षता र सचिव रेजिना रोदनको सञ्चालनमा भएको कार्यक्रममा उपस्थित सबै उपप्रमुखहरु र पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले मन्तब्य व्यक्त गरेका थिए भने उपाध्यक्ष भीमा शिवाकोटीले स्वागत भाषण गरेकी थिइन् ।

विहीवार मेचीनगरका दलित आरक्षणबाट निर्वाचित महिला जनप्रतिनिधिहरुसँग अन्तरक्रिया र शुक्रवार पत्रकार महासङ्घका पूर्व केन्द्रिय अध्यक्ष शिव गाउँलेसँग झापाली पत्रकारहरुको अन्तरक्रिया कार्यक्रम राखिएको नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: