उपमेयरको एमाले उम्मेद्वार मीना

  प्रकाशित मिति
२७ जेष्ठ २०७४, शनिबार ०८:३५


minaमेचीनगर । नेकपा एमालेले मेचीनगरको उपमेयर पदमा बौद्धिक व्यक्तित्व मीना पोखरेल उप्रेतीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
मेचीनगर–६ निवासी उप्रेती पार्टीको जिल्ला सचिवालय सदस्य रहेकी छन् ।

पार्टीका प्रदेश नं. १ का इञ्चार्ज भीम आचार्यले मेचीनगरको उपमेयरमा उप्रेतीलाई उम्मेद्वार बनाउने निर्णय भएको जानकारी दिए ।

यस अघि नगरको मेयर पदमा विष्णु प्रसाईलाई उम्मेद्वार बनाउने निर्णय भइसकेको छ । अब मेचीनगर एमालेले मेयर र उपमेयर दुबै पदमा उम्मेद्वार पाएको छ ।
उपमेयरकी उम्मेद्वार उप्रेती प्रभावशाली महिला नेतृ हुन् । त्रिदेव बहुमुखी क्याम्पसमा प्राध्यापन समेत गरेकी उनी राजनीति, सहकारी र पर्यटन क्षेत्रको विकाससँग सम्बन्धित विभिन्न निकायको नेतृत्वदायी तहमा बसेर काम गरिरहेकी छन् ।

विराट पर्यटन क्षेत्र प्रबर्धन समितिकी सदस्य उनले स्नातकोत्तर तहको शिक्षा हासिल गरेकी छन् ।
विराटनगरमा क्याम्पस पढ्दादेखि नै बामपन्थी राजनीतिमा होमिएकी उनको माइती र घर दुबै परिवार कम्युनिष्ट छन् ।

उप्रेतीले २०४६ र २०६२ सालको जनान्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । उनी आकर्षक वक्ता र लेखक पनि हुन् । उनका लेख रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

उपमेयरको टिकट पाउँदा खुशी लागेको बताउँदै उनले स्थानीय तहको चुनावमा मेचीनगरमा एमालेले सहज जित हासिल गर्ने दावी गरिन् ।
पछिल्लो समय मेचीनगरमा मेयर र उपमेयर पदमा उम्मेद्वार चयन गर्न पार्टीको प्रदेश कमिटीलाई कठिन भए पछि केन्द्र पुर्याइएको थियो । केन्द्रमा पनि चयन गर्न निकै रस्साकस्सी भएको थियो ।

उपमेयरमा रेणुका डाँगी, शारदा शर्मा र सुभद्रा अर्याल दावेदार थिए ।
मेयर र उपमेयरको अन्तिम निर्णय प्रक्रियामा एमालेका अध्यक्ष केपी ओली, प्रदेश नं. १ का इञ्चार्ज भीम आचार्य र झापाका इञ्चार्ज रविन कोइरालाको मुख्य सहभागिता रहेको थियो ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: