उपमेयरको मैदानमा ‘वकिल मेडम’

  प्रकाशित मिति
२० जेष्ठ २०७४, शनिबार ११:१८


ambika
अम्बिका भण्डारी

 

झापा । कालो कोटमा सजिएर अदालतमा वकालत गर्दै लामो अवधि बिताएकी भद्रपुरकी अधिवक्ता चन्द्रा श्रेष्ठ यतिबेला सूर्य चिन्हमा भोट माग्दै जनताको घर आँगनमा पुगिरहेकी छिन् ।

कानुन व्यवसायसँगै राजनीति रोज्दै आएकी श्रेष्ठ नेकपा एमालेको तर्फबाट भद्रपुरकी उपमेयरकी उम्मेद्वार हुन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी उनले पछिल्लो समय अनेमसङ्घमार्फत एमालेको राजनीतिक मोर्चामा सशक्त उपस्थिति देखाउँदै आएकी छन् ।

काममा लगनशील, इमान्दर र पार्टीको वफादार सिपाही श्रेष्ठलाई पार्टीले स्थानीय तहको नगरको उपमेयरको टिकट दिएको छ । जुन पद जितेमा उनले नगररको न्यापालिकाको प्रमुखको जिम्मेवारी नै सम्हाल्नु पर्ने छ ।

उनी पार्टीभित्र मात्र होइन भद्रपुर क्षेत्रमा सबैको मन मस्तिष्कमा बस्न सफल छिन् । उनले विगतमा पार्टीभन्दा माथि उठेर भद्रपुर नगरबासीको सशक्तिकरण र उत्थानका लागि धेरै कामहरु गरेको बताउँछिन् । भन्छिन्–‘मेरो जित्ने आधार नै हिजोको कामको मूल्याङ्कन हो, मैले कहिल्यै कसैलाई पनि जाति र पार्टीको आधारमा विभेद गरिन र गर्दिन पनि ।’

झापाकै पुरानो नगरपालिकाको रुपमा रहेको भद्रपुरमा आदिवासी जनजाति र अल्पसङ्ख्यकहरुको बाहुल्य बसोवास छ । उनीहरु माथि विभेद, हिंसा अत्याधिक रुपमा हुने गरेको श्रेष्ठको बुझाई छ । उनले वकालती पेशामा हुँदा समेत उनीहरुमाथि भएको हिंसा विरुद्ध लडेर न्याय दिलाएको बताउँदै भन्छिन्–‘मेरो उम्मेद्वारी नै समाजमा हेपिएर उत्पीडित भएकाहरुको उत्थान गर्नका लागि हो ।’

उनले अझै पनि महिलाहरु बाहिर निस्किनु पर्यो भने श्रीमानसँग पैसा मागेर हिँड्नुपर्ने अवस्था भएको बताउँदै भनिन्–‘महिलाहरुलाई सीप सिकाएर उद्यमशील बनाउँछु, सहुलियतमा ऋणको व्यवस्था गरेर स्वरोजगार बनाउने लक्ष्य छ ।’

chandra shreshtaउनले हिंसामा परेका महिलाहरुको अझै पनि न्यायमा पहुँच नपुगेको हुँदा आफूले जित्ने वित्तिकै नगरपालिका र वडाहरुमा हेल्प डेक्स राखेर उनीहरुलाई न्यायमा पहुँच पुर्याउने सोचाइ सुनाइन् । जिल्लामै कानून व्यवसायीबाट उनी एक्लो उम्मेद्वार हुन् ।

उनको बुझाईमा महिलाहरुको सशक्तिकरणको लागि दर्विलो खुड्किलो भनेको राजनीति नै हो । राजनीतिबाट नै महिलाका आवाज अगाडि बढाउन सक्ने हुँदा उपमेयरको रुपमा उम्मेद्वार बनेको बताउँदै श्रेष्ठले थपिन्–‘भद्रपुरबासीकै चाहनामा मेरो उम्मेद्वारी हो, यही नै मेरो जितको आधार हो ।’

समाज रुपान्तरणका लागि अथाह क्षमता बोकेकी श्रेष्ठ २०२६ सालमा आमा सुमित्रा देवी र बुबा खड्गबहादुर श्रेष्ठकी सुपुत्रीको रुपमा झापाको बुधबारेमा जन्मिएकी हुन् ।

२०४३ सालमा विद्यार्थी जीवनदेखि अखिलबाट राजनीति सुरु गरेकी चन्द्राले २०५२ सालदेखि नै पार्टीको सदस्य भई सक्रिय राजनीति गर्दै आएकी हुन् ।
उनी पार्टीको वडादेखि नगर, क्षेत्र हुँदै हाल जिल्लामा सक्रिय छिन् । उनी पार्टीमा प्रतिभाशाली नेतृकी रुपमा चिन्छिन् । श्रेष्ठ प्रगतिशील कानुन व्यवसायी सङ्घकी केन्द्रीय सदस्य तथा झापा बार इकाईको पनि सहसचिव हुन् ।

त्यति मात्र होइन, उनी पारालिगल समितिको जिल्ला श्रोत सदस्य, अमर आस्था महिला सोसाइटीको अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको कानूनी सल्लाहकार, महिला कानून र विकास मञ्च काठमाडौंको केन्द्रीय सदस्य, मनमोहन पूर्वाञ्चल क्षेत्रीय अस्पतालको संस्थापक सदस्य समेत हुन् ।

वैचारिक स्पष्टता र व्यावसायिक शुद्धतामा दृढतापूर्वक लागेकी श्रेष्ठले समाजलाई मसिनो गरी चिनेकी छिन् । उनको उपमेयर बन्नुको एउटै लक्ष्य छ जनताले चाहेको विकास र समृद्धिको नयाँ अभियान सुरु गर्ने ।

‘मेरो जित सुनिश्चित छ, किनभने नेकपा एमालेको देशभर जितको लहर चलेको छ’, श्रेष्ठ भन्छिन्–‘नेकपा एमालेले जनताको मन जितेको छ ।’ पहिलो निर्वाचनबाट विजय अभियान सुरुवात गरेको एमालेले पछि फर्कनु नपर्ने उनको बुझाई छ ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: