धाइजन, २ बैशाख । उपराष्ट्रपति नन्दकिशोर पुनले आज अपरान्ह झापाको दुहागढीमा आयोजित एक समारोहविच ‘तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिता २०७३’ को उद्घाटन गरेका छन् ।
दुहागढी–६ धाइजनमोडमा नेपाल भिलिवल संघद्वारा आयोजना गरिएको प्रतियोगिता उद्घाटनका लागि उपराष्ट्र«पति पुन काठमाडौँबाट भद्रपुरसम्मको नियमित हवाइ उडानमार्फत आजै झापा आउनु भएको हो ।
विजयी टीमले सर्वाधिक राशीको नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । बिजेता टीमले ३ लाख रुपैयाँ नगदै पाउने छन् ।
उपराष्ट्रपति पुनले कार्यव्रmममा भलिवल प्रतियोगितालाई प्रायोजन तथा सहयोग गर्ने सोनिया घरघडेरी प्रालिका सञ्चालक नरेन्द्र गछाम मेचे, सूर्य एग्रोका सञ्चालक जगदीश मिण्डा लगायतलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत मुलुकका ८ वटा उत्कृष्ट टीमले प्रतिष्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष बालकृष्ण रिजालले बताए ।
उद्घाटन समारोहमा नेकपा एमालेका सांसद मनकुमार गौतम, नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, राप्रपा नेपालका तर्फबाट कुमार भट्टराईले मन्तव्य व्यक्त गरेका थिए ।