उपाधिका लागि सनसाइन र पारिजात भिड्दै

  प्रकाशित मिति
१३ जेष्ठ २०७४, शनिबार ११:०९


काँकरभिट्टा । प्रथम जिल्लास्तरीय महिला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत शुव्रmवार भएको खेलमा सनसाइन फुटवल क्लव ज्यामिरगढी विजयी भएको छ । जीतसँगै सनसाइन फाइनलमा प्रवेश गरेको छ ।

लोकतान्त्रिक खेलकुद सङ्घ मेचीनगरको आयोजनामा सञ्चालित खेलमा सनसाइन फुटवल क्लवले जुनतारा फुटवल क्लव खुदुनावारीलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । काँकरभिट्टा माविको खेल मैदानमा भएको खेलमा सनसाइनकी रोमा भूजेल, मनिषा बुढाथोकी र रमिका तामाङले एक÷एक गोल गरेकी थिइन् । खेलको हुमेन अफ दि म्याच सनसाइनकी रमिका घोषित भइन् ।

उपाधिका लागि शनिवार पारिजात फुटवल क्लव सालबारी र सनसाइन फुटवल क्लव ज्यामिरगढीबीच खेल हुँदैछ । प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः नगद २५ हजार, १५ हजार तथा ट्रफी अनि प्रमाणपत्र प्राप्त गर्ने सङ्घका उपाध्यक्ष मिनबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: