उपाध्यक्षमा पङ्कजको उम्मेद्वारी

  प्रकाशित मिति
९ चैत्र २०७४, शुक्रबार १२:४९


काँकरभिट्टा । बाइस वर्षपछि हुन लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आसन्न निर्वाचनमा परिवर्तन प्यानलका उम्मेद्वारहरुले आफ्नो पक्षको विजय निश्चित रहेको दाबी गरेका छन् ।

जिल्ला फुटबल सङ्घले बिहीबार काँकरभिट्टामा आयोजना गरेको परिचयात्मक कार्यक्रममा सो प्यानलका उम्मेद्वारहरु सार्वजनिक भएका हुन् ।

आगामी चैत १४ गते ‘परिवर्तनको निम्ति सामूहिक एकता, पारदर्शीता हाम्रो प्रतिबद्धता’ भन्ने मल नारासहित हुन लागेको अध्यक्षका प्रत्यासी कर्मा छिरिङ शेर्पा बाहेकका अधिकांश उम्मेद्वारले आफ्नो उम्मेद्वारीको औचित्य बारे स्पष्ट पारेका छन् ।
प्यानलबाट उपाध्यक्ष पदका प्रत्यासी मध्येका एक पङ्कजविक्रम नेम्बाङले परिवर्तन प्यानललाई काठमाडौँका क्लबबाट तीन चौथाइ र जिल्लास्तरबाट दुई तिहाइको समर्थन रहेको ठोकुवा गरेका छन् ।

त्यसक्रममा एन्फाका वर्तमान उपाध्यक्ष मनेष दाहालले परिवर्तन समूहका उम्मेद्वारले दुई तिहाइ मतका साथ विजय प्राप्त गर्नेमा शङ्का नगर्न विश्वस्त पार्दै परिवर्तन समूहको अन्य प्यानलसँग प्रतिष्पर्धा हुनै नसक्ने जिकीर गरे ।

कार्यक्रममा एन्फाका वर्तमान केन्द्रीय सदस्य समेत रहेका पङ्कजविक्रम नेम्बाङ, उपाध्यक्षका अन्य उम्मेद्वार वीरबहादुर खड्का, उपेन्द्रमान सिंह र कृष्ण थापाको उपस्थिति थियो ।

त्यस्तै, सदस्य पदका उम्मेद्वारहरु रत्न श्रेष्ठ, कुमार केसी, रविन्द्रनाथ श्रेष्ठ, प्रदेश सिंह राठौर, पूर्णमान चित्रकार, दावा लामा, विजय घले र निरज खड्गी पनि कार्यक्रममा सहभागी थिए ।

उनीहरुलाई जिल्ला फुटबल सङ्घका अध्यक्ष भगिरथ आले ‘मामा’, सङ्घका सचिव शेरबहादु बस्नेत (सुन्दर), काँकरभिट्टा भेटूान फुटबल क्लबका अध्यक्ष गङ्गालाल गुरुङलगायतले शुभकामना दिएका थिए ।

१७ सदस्यीय कार्यसमिति चयनका लागि हुने निर्वाचन अघि एक महिला सदस्य सर्वसम्मत रुपमा निर्वाचित भइसकेकाले अन्य उम्मेद्वारको भने यही चैत १२ गते आधिकारिक रुपमा प्यानल घोषणा गरिने जनाइएको छ ।

निर्वाचनमा प्रतिनिधिमूलक रुपमा ४५ जिल्ला, ‘ए’ डिभिजनबाट १४, ‘बी’ डिभिजनबाट ९, ‘सी’ डिभिजनबाट ५ र केन्द्रीय कार्यसमितिबाट ४ जना गरी कुल ७७ जना मतदाताले मत दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: