उप्रेतीको छैठौँ कृति विमोचन

  प्रकाशित मिति
१८ आश्विन २०७५, बिहीबार ०७:००


मेचीनगर । मेचीनगरका लेखक कृष्णप्रसाद उप्रेतीको पछिल्लो कृति ‘अविश्रान्त यात्रा ८० वर्ष’ को बुधबार विमोचन गरिएको छ ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाकक्षमा आयोजित समारोहका बीच प्रमुख अतिथि भाषाविद् चुडामणि रेग्मीसहित दर्जनौँ स्रष्टाहरुले कृति विमोचन गरेका थिए ।

लेखक उप्रेतीको ८० औँ वर्षगाँठको अवसर पारेर भानु साहित्यिक प्रतिष्ठान, कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान, हेमराज मेदनी खरेल प्रतिष्ठान झापा र उप्रेती समाज सेवा समिति झापाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका थिए ।

लेखक उप्रेतीको १५० पृष्ठ लामो यो छैठौँ कृति हो । लेखक उप्रेतीले यो कृति दिवङ्गत बाबुआमा प्रजापति तथा धनमाया उप्रेती र देशभरका सम्पूर्ण ज्येष्ठ नागरिकहरुमा समर्पण गरेका छन् ।

कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान प्रकाशक रहेको विमोचित कृतिका बारेमा मेची बहुमुखी क्याम्पस भद्रपुरका प्राध्यापक पुण्य खरेल र मेचीनगर शिक्षा शाखाका प्रमुख उद्धव विष्टले समीक्षा गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कृतिले नेपालको साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको र स्रष्टा उप्रेतीले जीवनको ८० औँ बसन्तसम्म आइपुग्दा कृति प्रकाशित गर्ने कार्य धेरै साहित्यकारका लागि पथप्रदर्शक हुने बताए ।

उप्रेती समाज सेवा समिति झापाका अध्यक्ष चिरञ्जिवी उप्रेतीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन साहित्यकार सुभद्रा भट्टराईले गरेकी थिइन् । लेखकको जीवनीमाथि प्रकाश रामचन्द्र उप्रेती र साहित्यकार मातृका सङ्ग्रौलाले स्वागत गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा सङ्घीय सांसद राम कार्की, प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, प्रमुख अतिथि चुडामणि रेग्मीलगायतले बोलेका थिए ।

काँकरभिट्टा निवासी उप्रेतीको यसअघि किसान पुराण २०६१, अविश्रान्त यात्रा २०७०, अविश्रान्त यात्रा भाग–२ २०७१, भण्डाफोर २०७२, अविश्रान्त यात्रा ७७ औँ वर्ष क्यानडा २०७३ प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: