उम्मेद्वारी दर्ता बाजागाजासहित

  प्रकाशित मिति
४ असार २०७४, आईतवार १६:३३


naya

झापा । यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि झापाको मेचीनगर नगरपालिकामा आज विहानैदेखि उत्साहजनक उम्मेद्वारी मनोनयन भएको छ ।

दलका उम्मेदवारहरु आफ्ना उम्मेदवारी दर्ता गर्न बाजागाजा र जुलुससहित पुगेका छन् । मेचीनगरको काँकडभिट्टा र धुलाबारीबाट सुरु भएको दलहरुको अलगअलग र्याली उम्मेद्वारलाई अघि लगाएर इटाभट्टास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो ।

मेचीनगरमा पहिलो मनोनयन दर्ता गर्ने दल नेकपा एमाले रहेको छ । एमालेका वडाका उम्मेद्वारहरुले ८ बजे नै कार्यालयमा आएर उम्मेद्वारी दर्ता गरे पनि प्रमुख र उपप्रमुखका प्रत्यासी विष्णु प्रसाई र मिना उप्रेतीले भने १० बजे मात्र उम्मेद्वारी दर्ता गरेका थिए ।

नेकपा एमालेपछि नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेद्वारी दर्ता गराएका छन् । माओबादी केन्द्रबाट प्रमुख र उपप्मुख पदमा क्रमशः हंशलाल राजबंशी र इन्दिरा कार्कीले उम्मेद्वारी दर्ता गराएका छन् ।

mb 2

नेपाली कांग्रेसले अपरान्ह ढिलोगरी उम्मेद्वारी दर्ता गराएको छ । कांग्रेसबाट प्रमुख र उपप्रमुख पदमा क्रमशः विमल आचार्य र दुर्गा खतिवडाले उम्मेद्वारी दर्ता गराएका छन् ।

नयाँ शक्ति नेपाल, लोकतान्त्रिक फोरमलगायतका दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले पनि उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत इन्दिरा शर्माले बताए ।

नयाँ शक्ति पार्टीबाट प्रमुखमा पनिता ढकाल र उपप्रमुख पदमा गोकुल हुमागाइँले उम्मेद्वारी दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा रमेश दाहाल र उपप्रमुख पदमा सबिना बजगाइँले उम्मेद्वारको मनोनयन दर्ता गराएकी छन् ।

सङ्घीय समाजबादी पार्टीबाट प्रमुखमा इन्द्र श्रेष्ठ र उपप्रमुख पदमा अग्नीमाया मेचेले उम्मेद्वारी दर्ता गराएका छन् भने स्वतन्त्र रुपमा ज्योतिकिरण रिजालले प्रमुख पदमा उम्मेद्वारको मनोनयन दर्ता गरएका छन् ।

darta

३५ वटा मतदान स्थल रहेको मेचीनगरमा ७२ हजार ७१४ जना मतदाता रहेको शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: