उम्मेद्वार कमललाई धम्की

  प्रकाशित मिति
२२ जेष्ठ २०७४, सोमबार ०९:५९


kamal rasaili (1)
धुलावारी । मेचीनगर नगरपालिकाको वडा अध्यक्षका एक उम्मेद्वारमाथि ज्यानमार्ने धम्की आएको छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट मेचीनगरको ९ नं वडाका उम्मेद्वार रहेका कमल रसाइलीमाथि स्थानीय अनक भूजेलले धम्की दिएका हुन् । खुट्टीडाँगी निवासी रसाइली मेचीनगरका एकमात्र दलित तथा अपाङ्ग उम्मेद्वार हुन् । भूजेल एमाले निकट कार्यकर्ता भएको बताइएको छ ।

जेलले रसाइलीलाई फोन गरेर ‘माओवादी केटाहरु निकै उग्र हुँदैछन्, सम्झाउनु होला नत्र ठीक पार्न हामीले जानेका छौँ’ भन्दै धम्की दिएको पीडित कमलले बताए । उनले आफ्नो परिवारलाई लक्षित गरेर धम्की आएको बताएका छन् । चुनावको विषयलाई लिएर भएको धम्कीले रसाइली परिवार तनावमा छ । ‘भूजेलले दोलखामा भएको घटना थाहा होला नि’ भनेर धम्की दिएको कमलका छोरा मन्जिलले बताए ।

स्थानीय तहको निर्वाचनका बेला दोलखाको गौरीशङ्कर गाउँपालिका–२ जुँगुमा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको थियो । त्यही घटना दोहोरिएला भन्दै धम्की दिएको कमलले बताए ।

यसैबीच, नेकपा माओवादी केन्द्र मेचीनगरले आइतवार प्रेस विज्ञप्ति निकालेर आफ्ना उम्मेद्वार रसाइलीमाथि ज्यानमार्ने धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका नगर इञ्चार्ज प्रकाश भण्डारी र संयोजक माधव अर्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा गलत तथा गैरराजनीतिक व्रिmयाकलाप तुरुन्त बन्द गर्न चेतावनी दिइएको छ । हरेक पार्टीले आफ्ना गतिविधि स्वस्थ प्रतिस्पर्धा र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्नुको साटो ज्यानमार्नेसम्मको धम्की दिनु लोकतन्त्रमा सुहाउने विषय नभएको माओवादी केन्द्रले स्पष्ट पारेको छ ।

पार्टीले घटनामा संलग्न भूजेललाई कानुनी दायरामा ल्याई तुरुन्त कारवाही प्रव्रिmया अघि बढाउन प्रशासनसमक्ष मागसमेत गरेको छ । साथै, माओवादीले सम्बन्धित पार्टीलाई यसखालका गतिविधि गर्न÷नगराउन सचेत पनि गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: