उम्मेद्वार छान्न राप्रपा अगाडि

  प्रकाशित मिति
२२ चैत्र २०७३, मंगलवार ११:२०


rppमेचीनगर । उम्मेद्वार चयनमा अरु दललाई उछिन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले मेचीनगरको मेयर र डेपुटी मेयरसहित ६ वटा वडापालिकाको अध्यक्ष पदमा पार्टीका तर्फबाट उम्मेद्वारको टुङ्गो लगाएको छ ।

मेचीनगरको मेयरमा अशोक सुब्बा र डेपुटी मेयरमा सबिना बजगाइँलाई चुनावी प्रतिष्पर्धामा लैजानेगरी पार्टीले यसअघि नै निर्णय गरिसकेको हो ।

राप्रपाले वडा नं. ६ मा बाबुराम तामाङ, ७ मा चन्द्र निरौला, ९ मा गङ्गा खरेल, १० मा कल्याण खड्का, १३ मा राम प्याकुरेल र १४ मा रुद्र रिजाललाई वडापालिका अध्यक्षको उम्मेद्वार चयन गरेको छ ।

पार्टीले नगरतहको उम्मेदवारी नगर समितिबाट र वडा तहको उम्मेदवार वडा समितिबाटै चयन गर्ने नीति लिएको राप्रपा मेचीनगरका अध्यक्ष सुशिल आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: