ऋद्वीसिद्वी संस्थाद्वारा मास्क वितरण

  प्रकाशित मिति
८ चैत्र २०७६, शनिबार १९:५७


धुलाबारी । ऋद्वीसिद्वी महिला संस्था मेचीनगरले उत्पादन गरेको एकसय पचास थान मास्क प्राथमिक स्वास्थ्य चौकी धुलाबारीलाई वितरण गरेको छ ।

संस्थाले शुक्रबार स्वास्थ्य चौकीको परिसरमा एक कार्यक्रमको आयोजना गरी उक्त मास्क मेचीनगर–१० नम्बर वडाका वडाध्यक्ष सुदय पनेरुलाई हस्तान्तरण गरेको हो ।

बजारमा मास्कको कृतिम अभाव भइरहेका बेला गरिव, असहायहरुले पनि संक्रमणबाट बच्न मास्कको प्रयोग गर्न पाउन भन्ने उद्देश्यले वडाध्यक्ष पनेरुमार्फत संस्थाले उत्पादन गरेको १५० थान मास्क वितरण गरिएको उनले बताइन् ।

मास्क हस्तान्तरण कार्यक्रममा मेचीनगर–१० की वडा सदस्य सन्जा विश्वकर्मा, प्राथमिक स्वास्थ्य चौकीकी डा. सुधाकर झा, संस्थाका सल्लाहकार सिता गौतम, सचिव सकुन्तला अधिकारी, सदस्य प्रेमकुमारी पौडेल लगायत पत्रकारहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: