एआइजीलाई खेलकुदकै माया

  प्रकाशित मिति
१२ असार २०७३, आईतवार १०:०५


10 (1)मेचीनगर । जिम्मेवारीले उनी अहिले मुलुकको प्रहरीको दोस्रो उच्च तहका अधिकारी हुन् । तर उनको नशा नशामा खेलकुदको रगत बगिरहेकै रहेछ । ती व्यक्ति हुन् विज्ञानराज शर्मा ।

शनिवार विहान काँकरभिट्टाको खानेपानी हलमा पूर्व राष्ट्रिय फुटवल खेलाडी तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा प्रहरी कम र खेलाडी बढी भएर सार्जजनिक रुपमा प्रस्तुत भए ।

झापा जिल्ला खेलकुद विकास समिति र जिल्ला प्रहरी कार्यालय झापाले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि भएका शर्मा झापाका लागि चिरपरिचित मित्र नै थिए । उनी खेलाडीहरूसँग अपराध अनुसन्धान नियन्त्रण समेतको विषयमा खुला छलफल गर्न झापा आएका थिए ।

12भयो पनि त्यस्तै । सामान्य ट्रयाक र टीसर्टमा मञ्चमा आसनग्रहण गरेका शालिन व्यक्तित्वका धनी शर्माले प्रहरीको एआइजी हुनुको कुनै रवाफ देखाएनन् । बरु आम खेलाडीले भोगिरहेका समस्या र तिनको समाधानमा नेपाल प्रहरी, राष्ट्रिय खेलकुद परिषद् र सरकारले के गर्न आवश्यक छ भन्ने विषयमा उनले सहभागीका धारणा अभिरुचिपूर्वक सुने र आफ्ना विचार सुनाए ।

आफुलाई खेलाडीकै रुपमा चिनाउन चाहेका उनले खेलकुदमा लगानी बढाउने हो भने नर्सिङ होम र अस्पताल धाइरहन आवश्यक नपर्ने घतलाग्दो विचार सुनाए ।

उनले बोलिरहँदा झापाका खेलाडी लगायत नागरिक समाजका विभिन्न क्षेत्रका अगुवाले हल खचाखच थियो ।
‘नर्सिङ होम र अस्पतालमा होइन’, उनले सहभागीको गुनासो र सुझाव सुनिसकेपछि प्रत्युत्तरमा भने–‘अब राज्यले फुटवल ग्राउन्डमा लगानी बढाउनु पर्छ ।’

5 (1)खेलकुदले आम नागरिकलाई स्वस्थ तुल्याउने तर्क राख्ने क्रममा उनले खेलकुदमा लगानी बढाउन राज्यलाई आग्रह गरे ।
मुलुकमा खेलकुदको विकास आशलाग्दो गतिमा भइरहेको र त्यसमा अझ योगदान दिन आवश्यक भएको उनको धारणा थियो । फुटबल र क्रिकेटले मात्र अहिले बढी लोकप्रियता पाइरहेको उल्लेख गर्दै उनले सबै विधाका खेलको विकासमा ध्यान दिनु पर्ने बताए ।

उनले अर्को प्रसङ्गमा नेपाल प्रहरीमा हाल ‘राम्रो प्रहरी’ बन्ने होडबाजी सुरु भएको जनाए । उनले ७२ हजार प्रहरी भएको परिवारमा केहीले गल्ती गरे भन्दैमा सबैलाई खराब नजरले नहेरिदिन आग्रह समेत गरे ।

11जिल्ला प्रहरी कार्यालय झापाका एसपी ठाकुरप्रसाद ज्ञवाली सभापति रहेको सो कार्यक्रममा मेचीका एसएसपी केदार रिजाल र झापा खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले मन्तब्य व्यक्त गरेका थिए ।

काँकरभिट्टा इप्रकाका डीएसपी श्याम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा प्रकाश शिवाकोटी, मिलनराज प्रसाई, राजु महर्जन, भगिरथ आले मामा, शुसिल आचार्य, विष्णुकुमार श्रेष्ठ, गङ्गालाल गुरुङ, राजु कार्की, प्रदीपकुमार बस्नेत, दुर्गा रिजाल, नीरबहादुर कार्की, जेके गुरुङ, टहलदास मैनाली, रतिया राजबंशी, कविता नेपाल, सुन्दर बस्नेत, राम तामाङ, धर्म शिवाकोटी, मदन उप्रेती लगायतले सल्लाह तथा सुझाव प्रस्तुत गरेका थिए ।

(सबै तस्वीर ः कृष्ण सिञ्जाली)8 (1)

9 (1)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: