एउटाले हजार सवारी हेर्नुपर्ने बाध्यता

  प्रकाशित मिति
२० मंसिर २०७३, सोमबार ११:०९


traffic_police_nepal
विर्तामोड । जिल्ला प्रहरी कार्यालय झापामा २०५५ सालको दरबन्दी अनुसार ४१ जना ट्राफिक प्रहरी कार्यरत रहेका छन् । त्यो समयमा झापामा तिनहजार सवारी साधन मात्र थिए । तर, अहिले करिव एक लाख सवारी पुगेका छन् । यद्यपि हालसम्म सम्वन्धित निकायले सवारीसाधन वृद्धिसँगै दरबन्दी थप गर्ने प्रयास समेत गरेको छैन ।

पूर्वको मेचीदेखि दमकको मावा खोलासम्म ५५ किलोमिटर मूल सडक जिल्लामा पर्छ । झापामा पाडाजुँगीदेखि गौरीगञ्ज, चारआलीबाट किटेनी, विर्तामोडदेखि भद्रपुर गरेर ६१ किलोमिटर सडक छ । यो बाहेक सवारी सञ्चालन हुने अन्य सडकको लम्वाई झण्डै तिनसय किलोमिटर छ ।
अहिले विर्तामोडमा २१, भद्रपुर ९ र दमकमा ११ जना ट्राफिक प्रहरी कार्यरत छन् । जिल्लाका १२ स्थानमा अस्थायी ट्राफिक पोष्ट छन् । जनशक्तिको अभावमा कतिपय पोष्टमा १ जना ट्राफिक प्रहरी मात्र राख्नु परेको झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ढुण्डीराज गिरीले बताए ।
तिन हजार सवारी साधन हुँदा ४१ जना ट्राफिक थिए । एकजना ट्राफिकको भागमा त्यसबेला ७३ वटा सवारी पथ्र्याे । अहिले दरबन्दी र काजमा गरेर ६२ जना ट्राफिक प्रहरी छन् । एकजनाको भागमा १ हजार २ सय ९ वटा सवारी साधन पर्छन् । सवारीको चाप बढेपनि नियन्त्रण गर्ने निकाय कमजोर भएपछि झापाको सडक अस्तव्यस्त हुने गरेको छ ।

जनशक्तिकै अभावमा झापाको ट्राफिक प्रहरी सहरमा मात्र केन्द्रित हुनु परेको हो । धेरैवटा सवारी साधन ओहोरदोहोर गर्ने झापाका कतिपय ग्रामीण इलाकामा रहेका बस स्टेसनमा अहिलेसम्म ट्राफिक प्रहरी पुग्न सकेको छैन । ट्राफिक प्रमुख गिरी नै भद्रपुरभन्दा दक्षिणपट्टि ट्राफिक प्रहरी पुग्न नसकेको स्वीकार गर्छन् । उनले पथरिया, राजगढ, खुदुनावारी, बाहुनडाँगी अनि जनसङ्ख्या र सवारी साधनको चाप हुने इलाकामासमेत ट्राफिक प्रहरी राख्न नसक्दा सवारी साधनलाई व्यवस्थित बनाउन नसकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: