एउटा रुवाउने, अर्को हँसाउने

  प्रकाशित मिति
११ बैशाख २०७३, शनिबार ०४:५८


बैशाख १० गतेबाट ‘बाटो मुनिको फुल २’ र ‘हाउ फन्नी’ नामक दुई सिनेमा देशभर प्रदर्शनमा आएका छन् । जातीय विभेदको रुवाउने कथावस्तुमा आधारित ‘बाटो मुनिको फुल २’ मा यश कुमार, बाबु बोगटी, रिमा विश्वकर्मा, अशिष्मा नकर्मी, ऋचा शर्मा, दिलिप रायमाझी लगायतको अभिनय छ । हँसाउने कथा भएको ‘हाउ फन्नी’मा दयाहाङ राई, प्रियङ्का कार्की, केकी अधिकारी, निशा अधिकारी, अनुप विव्रmम शाही, विजय बराल, शिशिर राणा लगायतको अभिनय रहेको छ ।
……………..

यस कुमार
यस कुमार

‘बाटो मुनिको फुल २’

गायनबाटै चर्चा कमाएर फिल्मका नायक र निर्माता समेत बनेका यश कुमारको नयाँ फिल्म ‘बाटो मुनिको फुल २’ बैशाख १० गतेबाट देशभर प्रदर्शनमा आएको छ ।

‘बाटो मुनिको फुल’को सफलता र त्यसको निरन्तरताकै लागि समाजलाई विभेदमुक्त बनाउने उद्देश्यले यश कुमारले यो फिल्म निर्माण गरेको दाबी गरेका छन् ।

गायक तथा नायक यश कुमारले ‘बाटो मुनिको फुल २’ एकपटक सबैले हेर्नैपर्ने पनि बताए । ‘यो फिल्म कुनै एक जातिका लागि मात्रै होइन’, उनले भने–‘ब्राम्हण, क्षेत्रीदेखि दलितसम्मको वास्तविकता फिल्ममा हामीले समटेका छौँ ।’

२०४० सालको नेपालको अवस्था फिल्ममा भएको भन्दै उनले एकपटक भए पनि फिल्म हेरिदिन आग्रह समेत गरेका छन् । सुवर्ण थापाले निर्देशन गरेको यो फिल्मलाई यश कुमार, बाबु बोगटी, रिमा विश्वकर्मा, अशिष्मा नकर्मी, ऋचा शर्मा, दिलिप रायमाझी लगायतको अभिनय छ ।

‘मन्दिर अगाडि फुल बेच्न चाहे कसैलाई स्किार्य भएन, तर जव आफैलाई बेच्न चाहे सबैलाई स्वीकार्य भए, यस्तै रहेछ यो समाज वेश्याको त जात पनि खोज्दो रहेनछ’–मर्मस्पर्शी संवादहरू छन् फिल्ममा ।

जातीय बिभेदको पराकाष्टा अनि समाजमा दलित भएकै कारण भोग्नु परेको पीडालाई समेटएको कथा बोकेको चलचित्र हो ‘बाटो मुनिको फुल २’ ।

केहि वर्ष अगाडि प्रदर्शनमा आएको ‘बाटो मुनिको फुल’को सिक्योल ‘बाटो मुनिको फुल २’ मा पनि जातीय बिभेदका कारण प्रेमी प्रेमिकाको प्रेमालाप देख्न सकिने छ ।

फिल्ममा समाबेश ‘यो मेरो जिन्दगीको तिमी एउटै कहानी’ बोलको गीतमा दिलिपले र ऋचालाई फिचरिङ गरिएको छ ।
..…………………………………………………………………………………………………....

poster
poster

‘हाउ फन्नी’

बैशाख १० गतेबाट ‘हाउ फन्नी’ प्रदर्शनमा आएको छ । यसले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । अर्थात् यस फिल्मलाई सबै वर्गका दर्शकले हेर्न पाउने भएका छन् ।

टाईनी बट विग पिक्चर्सको व्यानरमा तयार भएको यस कमेडी फिल्मलाई दर्शकले मन पराउने निर्माता पक्षको अपेक्षा रहेको छ ।

‘मेरो पहिलो प्रयास नै सबैले हेर्न योग्य भयो खुसि छु’– फिल्मकी निर्देशक निलु डोमा शेर्पाले भनेकी छन् । नेपाली फिल्मसँग नजिक भए तापनि निलुलाई निर्देशक बन्न झण्डै एक दशकको समय लाग्यो ।

फिल्ममा दयाहाङ राई, प्रियङ्का कार्की, केकी अधिकारी, निशा अधिकारी, अनुप विव्रmम शाही, विजय बराल, शिशिर राणा लागायतको अभिनय रहेको छ ।

‘हाउ फन्नी’ लाई हेरिदिन अन्य कलाकर्मीहरूले पनि आग्रह गरेका छन् । अभिनेत्रीहरू रेखा थापा, ऋचा शर्मा र गायिका इन्दिरा जोशीले भिडियोमार्फत फिल्म हेर्नलाई आग्रह गरेका हुन् । सिचुवेस्नल कमेडी हाउ फन्नीलाई हेर्न गरेको आग्रहको भिडियोलाई फिल्म युनिटले इन्स्टाग्राममा अपलोड गरेको छ ।

यसमा सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेकी छन् ।

(२०७३ बैशाख ११ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: