शनिश्चरे । अर्जुनधारा नगरपालिकामा वडा स्तरीय महोत्सव जारी छ । वडा स्तरीय महोत्सव अवलोकन र सेवा लिनेहरुको घुँइचो बढ्दै गएको छ ।
फागुन ४ गतेबाट जारी वडास्तरीय महोत्सव अन्तरगतको सोमबार १ नम्बर वडाको महोत्सव सम्पन्न भएको छ ।
महोत्सवमा किसानहरुले पशुपंक्षी सम्बन्धी परामर्श र माटो परीक्षण, स्वास्थ्य परिक्षण समेत गराएका थिए ।
पशुपंक्षी विकास शाखाका अनुसार १ सय ६५ गोवर परीक्षण, पशुको उपचार र ९५ जना कृषकहरुलाई पशु सम्बन्धी परामर्श दिइएको थियो ।
कार्यक्रममा सामाजिक सुरक्षा परामर्श सेवा प्रदान गरेको पशु सेवा प्राविधिक बेनुपकुमार बस्नेतले जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य सेवातर्फ ४० जना महिलाले भीआईए टेष्ट, ५७ जनाले सुगर टेष्ट र ७५ जनाले स्क्रिन टेष्ट सेवा लिएको स्वास्थ्य शाखाकी दुर्गा चापागाईले जानकारी दिइन् ।
स्वास्थ्य शाखाका प्रमुख मुकुन्द बस्नेतका अनुसार ग्रामिण बस्तीमा भीआईए टेष्ट राम्ररी नगरेसम्म रोग च्यापेर बस्नेहरुको संख्या देखिने अवस्था छ ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको १ नम्बर वडाका वडाध्यक्ष गजाधर खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख कमला आचार्य, प्रशासकीय प्रमुख पंकज भुर्तेल लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा पूर्वी किरातीहरुको उत्कृष्ट नृत्य साकेला, खस आर्यहरुको मारुनी, मगर जातिको कौरा, लिम्बू जातिको च्याब्रुङ, तामाङको सेलो जस्ता मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।