एउटै अपरेशनमा चार रोगको उपचार

  प्रकाशित मिति
१९ पुष २०७३, मंगलवार १६:०५


aasa

भद्रपुर । ओमसाई पाथिभरा हस्पिटल भद्रपुरमा पाँचथरकी एक युवतीको पेटभित्रको चार वटा रोगको एकैपटक सफल शल्यक्रिया गरिएको छ ।

फिदिम घर भई भद्रपुरमा हाल बस्दै आएकी २० वर्षीया आशा लिम्बुको त्यस्तो शल्यक्रिया गरिएको हस्पिटलले जनाएको छ ।
आन्द्रामा प्वाल परेको, पाठेघरमा ऐजेरु पलाएको, एपेन्डिक्स सुन्निएर फुट्न लागेको र सबै आन्द्रा गुजुल्टो परेर बटारिएको अनौठो समस्या भोग्दै आएकी आशा सफल शल्यक्रिया पश्चात हाल स्वस्थ बनेकी छन् ।

आशाका दाजु कुशल लिम्बुका अनुसार २ वर्ष अघिदेखि नै उनलाई पेट दुखिरहने समस्या थियो । पाँचथर र अन्यत्र पनि दुखाई जाति पार्न अनेक औषधोपचार गर्दा समेत लाभ भएको थिएन ।

ओम साई पाथिभरा हस्पिटलमा गत पुस ६ गते ल्याप्रोस्कोपिक एवम् युरोलोजिस्ट सर्जन डा.शशी कपुर सिंहको नेतृत्वमा डा. जयकुमार ठाकुर, डा. सुुमन सिंह र डा. मुस्कान श्रेष्ठको टोलीले ४ घण्टा लगाएर आशाको शल्यक्रिया सम्पन्न गरेको थियो ।
शल्यक्रियाका नेतृत्वकर्ता डा. शशीले एकै व्यक्तिमा एकैपटक चार चार वटा समस्या भएको अवस्थामा एउटै शल्यक्रियाबाट सफल उपचार गर्ने कार्य ठूलो उपलब्धि भएको बताउँछन् ।

‘हामीले बडो मिहेनतपूर्वक शल्यक्रिया सफल बनायौँ’, डा. शशी भन्छन्–‘यसका लागि विरामी, उहाँको आफन्त र मेरो टीमका सबैलाई श्रेय दिन चाहन्छु ।’

डा. शशी चिरफारका लागि निकै दक्ष चिकित्सकको रुपमा कहलिएका छन् । उनी काठमाडौँ, चितवन लगायतका ठूला हस्पिटलमा सेवाको अनुभव प्राप्त चिकित्सक हुन् ।

सोमवार फ्लो अपका लागि हस्पिटल आउँदा भेटिएकी आशाले आफुले नयाँ जीवन पाएको बताइन् । ‘मसँग रोगहरू थिए भन्ने कुरा अब इतिहास बनिसक्यो’, हँसिली र मृदुभाषी आशा भन्छिन्–‘मलाई उपचार गरेर बचाउने डाक्टरहरूलाई थ्याङ्क यू भन्न चाहन्छु ।’

आशाले पेटको असह्य दुखाइकै कारण उच्च शिक्षाको पढाइ नै छाडेकी थिइन् । ‘अब छिट्टै कलेज ज्वाइन गर्ने छु’–निकै दुर्लभ मानिएको शल्यक्रियापछि स्वस्थ बनेकी आशाले लोकतन्त्र पोस्टसँग भनिन् ।

ओम साई पाथिभरा हस्पिटलका मेनेजिङ डाइरेक्टर वालकुमार पोखरेल (साइराम)ले आशाको उपचार एउटा चमत्कार नै भएको बताए । विरामीलाई निकै सस्तो शुल्कमा स्तरीय र भरपर्दो उपचार सेवा पुर्याउन हस्पिटल प्रतिबद्ध रहेको पोखरेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: