एउटै उद्देश्य बोकेका साकोस मर्ज हुन आवश्यक

  प्रकाशित मिति
२५ भाद्र २०७३, शनिबार १९:२१


1   धुलाबारी । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

पासाङ ल्हामू स्मृति प्रतिष्ठान धुलाबारीको सभाहलमा आयोजित साधारणसभा प्रमुख अतिथि तथा जिल्ला सहकारी सङ्घका पूर्व उपाध्यक्ष बलराम गजुरलेले एउटै उद्देश्य र स्वार्थ बोकेका सहकारीहरु मर्ज भए राम्रो हुने बताएका छन् । उनले अबको सहकारी नीति नै त्यस्तो रहेको समेत उल्लेख गरे ।

संस्थाका अध्यक्ष कमल काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा रामघाट सेवा समितिका सचिव माधवप्रसाद पौडेल, गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष रेणुका डाँगी, भानु बहुमुखी सहकारी संस्थाका अध्यक्ष गोपाल चुँडाल, हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सदस्य भीम खवास, जनप्रिय बचत तथा ऋण सहकारी संस्थाका पशुपति नेपाल, मागुरमाडी साकोसकी सचिव दिलकुमार तामाङ, रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला, पत्रकार अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

2

सहकारीले साधारणसभामा उत्कृष्ट कर्मचारी, बचतकर्ता, ऋणी र २०७२ सालको एसएलसी परीक्षामा उत्कृष्ट हुने शेयर सदस्यका सन्तान र विभिन्न प्रतियोगितामा जिल्ला तथा क्षेत्रस्तरमा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।

पुरस्कृत हुनेहरुमा उत्कृष्ट कर्मचारीका रुपमा मुकुन्द पराजुलीलाई नगद ५ हजार रुपैयाँले सम्मान गरेको छ भने बचतकर्ताको रुपमा सम्मानितहरु हुनेहरुमा डम्बरकुमारी गिरी, दुर्गा चौहान, गुमबहादुर सार्की, रिता ढकाल, देवीप्रसाद प्रसाई, गणेश भट्टराई रहेका छन् । उनीहरुलाई नगद एक हजार १ सयसहित सम्मान पत्रले कार्यव्रmमका प्रमुख अतिथिले सम्मान गरेका थिए ।

त्यसैगरी,उत्कृष्ट ऋणिमा डम्बरबहादुर मगर, अनिता श्रेष्ठ, गोपाल श्रेष्ठ, सुष्मा तामाङ, देवमाया पौडेल, तुलसामाया श्रेष्ठलगायत छन् । उनीहरुलाइ पनि एक हजार एक सयसहित सम्मान पत्रले सम्मान गरिएको छ ।

5

त्यसैगरी एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी रितेश बुढाथोकीलाई ५ हजार नगद र सम्मान पत्र, विभिन्न प्रतियोगितात्मक कार्यव्रmममा क्षेत्रस्तरमा उत्कृष्ट हुने सुस्मिता चौधरीलाई २ हजार एक सय र जिल्लास्तरमा उत्कृष्ट हुने रोचिता घिमिरेलाई नगद ३ हजार एक सय रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यव्रmममा संस्थाका संस्थापक अध्यक्ष तथा लेखा समिति संयोजक बासुदेव खतिवडाले समानित व्यक्तिहरुलाई हार्दिक बधाईसहित धन्यवाद ज्ञापन गरेका थिए ।

सकोसका सचिव कर्णबहादुर (सुमन) गौतमले सञ्चालन गरेको कार्यव्रmममा उपाध्यक्ष शिवप्रसाद रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

6

संस्थाको हालसम्मको कूल पँुँजी १३ करोड ६१ लाख ५३ हजार ८ सय ७६ रहेको अध्यक्षद्वारा प्रस्तुत गरिएको प्रतिवदेनमा उल्लेख छ । प्रतिवेदनमा सो पूँजीलाई बढाएर आर्थिक बर्ष २०७३÷०७४ मा १७ करोड ५० लाख पुर्याउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: