एउटै कार्यक्रमबाट चर्चित चाँदनी

  प्रकाशित मिति
२५ आश्विन २०७४, बुधबार २२:०५


chadani 2धुलावारी । अन्तर्राष्ट्रिय वालिका दिवसको अवसरमा बहसमूलक रेडियो कार्यक्रम सञ्चालन गरेर मेचीनगर–१० की १५ वर्षीया चाँदनी अन्सारी चर्चित भएकी छन् ।

धुलावारी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै आएकी चाँदनीलाई स्थानीय रेडियो सरगमले कार्यक्रम सञ्चालन गर्ने अवसर दिएको हो ।

उनले बुधवार विहान रेडियो सरगममा मेचीनगरकी उपमेयर मीना उप्रेती, जिशिकाका स्रोत व्यक्ति लोकबहादुर दाहाल र बालअधिकारकर्मी मणिकुमार लिम्बुको अन्तरवार्ता लिएकी थिइन् ।

यस अघि कहिल्यै रेडियोमा नबोलेकी उनलाई बालिका दिवसको अवसरमा ‘बिकाउज आइएम गर्ल’ नामक अभियानका लागि रेडियोमा बहस चलाउने अवसर प्रदान गरिएको chadani 3रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौला बताउँछन् ।

कार्यक्रम सञ्चालिकाको भूमिकामा १५ बर्षीया किशोरी चाँदनीको प्रस्तुतिबाट रेडियोका स्रोता र सहभागीहरु प्रभावित भएका छन् ।

रेडियो सरगम ८८.८ मेघाहर्जमा बुधवार विहान ७ः३० देखि ८ बजेसम्म चाँदनीले सञ्चालन गरेको कार्यक्रम प्रशारण भएको थियो ।

कार्यक्रममा वालिकाको अधिकार, शिक्षा र समानताका लागि बहस गरिएको थियो । यस्तो कार्यक्रम मुलुकका विभिन्न सामुदायिक रेडियोले प्रशारण गरेका थिए । झापामा रेडियो सरगम मात्र यस अभियानमा सामेल थियो ।

विहान रेडियोमा प्रभावशाली प्रस्तुति दिएकी चाँदनीलाई धुलावारी माध्यमिक विद्यालयले प्रार्थना लाइनमा विशेष सम्बोधनको मौका समेत दिएको थियो ।
मेचीनगर–१० खयरडाँगीको एक सामान्य परिवारमा हुर्किएकी चाँदनीले मुस्लिम समुदायको chadani 4समेत प्रतिनिधित्व गर्छिन् ।

फोटो : ज्ञानेन्द्र निरौला/रेडियो सरगम

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: