एउटै कार्यक्रममा २८ महिलाद्वारा रक्तदान

  प्रकाशित मिति
१ फाल्गुन २०७७, शनिबार २२:००


विर्तामोड, १ फागुन । विर्तामोडमा आज २८ जना महिलाले एक कार्यक्रममा रक्तदान गरेका छन् ।

एकैचोटी यति धेरै महिलाले रक्तदान गरेको विरलै पाइन्छ । वीरता लेडी जेसीजको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २८ जना महिला र ४७ जना पुरुषले पनि रक्तदान गरेका थिए ।

कार्यकारिणी उपाध्यक्ष संगीता गिरीका अनुसार कार्यक्रममा आमा–छोरा, दम्पत्ति, जनपथ प्रहरी, ट्राफिक प्रहरीलगायतले रक्तदानमा सहभागिता जनाएका थिए ।

वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा झापा जिल्ला सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा कार्यकारीणी उपाध्यक्ष युनिता दवाडीले स्वागत गरेकी थिइन् ।

कार्यक्रम संयोजक मञ्जु ओली न्यौपानेले आस्था वाचन गरेको कार्यक्रममा स्वास्थ्य संयोजक रेनुका महतोले जेसीआई मिसन भिजन वाचन गरेकी थिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, भद्रपुर जेसीजका पूर्व अध्यक्ष रमेश पोखरेल, वीएन्डसी टिचिङ हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिस गिरी, वीरता लेडी जेसीजकी पूर्वअध्यक्ष कञ्चना ढकाल सिटौला, इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: