एउटै भवनमा दुई सिनेमा हल

  प्रकाशित मिति
१२ भाद्र २०७३, आईतवार १८:३८


cene plazaविर्तामोड । झापाको मुख्य सहर विर्तामोडमा २० करोडको लागतमा आधुनिक सुविधायुक्त व्यापारिक भवन निर्माण भएको छ ।

पाथिभरा सिने प्लाजा नामक सो व्यापारिक भवन ४ तलाको छ । १५ कठ्ठा क्षेत्रफलमा नवनिर्मित सो भवनभित्र एसीयुक्त दुई वटा थ्रीडी सिनेमा हल, २ तलाको विशाल सपिङ कम्प्लेक्स, पार्टी प्यालेस, रेस्टुरेन्ट, पार्किङ स्थल लगायतको व्यवस्था गरिएको छ ।

प्लाजाका सञ्चालक युवराज प्रसाईले मनोरञ्जन मानव जीवनको महत्वपूर्ण अङ्ग भएकाले समाज आधुनिकीकरणतर्फ लम्किरहेको हुँदा समयको आवश्यकता अनुरुप एउटै भवनमा सिनेमा हल, रेस्टुरेन्ट र सपिङ कम्प्लेक्स निर्माण गरिएको बताए ।

आगामी भदौ १७ गतेदेखि दुबै सिनेमा हल सञ्चालनमा ल्याइने र अन्य सुविधाहरू चाँडै सञ्चालनमा आउने प्रसाइँले जानकारी दिए ।
विर्तामोडमा हनुमान सेन्ट्रल, मेगा कम्प्लेक्स र षोडसी भवन नामका यस्तै ठूला व्यापारिक भवन यस अघिदेखि सञ्चालनमा छन् ।

प्रसाई सहकारी, रियल इस्टेट लगायतका विभिन्न व्यवसायमा संलग्न उद्यमी हुन् । उनले हाल प्लाजा रहेको जग्गामा घडेरी विक्री गर्नु अघि भव्य व्यापारिक भवन बनाउने वाचा गरेका थिए । उनले आफ्नो वाचा पूरा गरेका छन् ।

(२०७३ भदौ १२ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: