एकछिनको रिसले बच्चामा अन्धोपन

  प्रकाशित मिति
२४ श्रावण २०७४, मंगलवार ११:२५


nirajan sharan
निराजन शरन

Shaken Baby Syndrome :
Shaken Baby Syndrome : जसलाई abusive head trauma पनि भनिन्छ, यो एक प्रकारको serious brain injury हो । जुन बच्चालाई forcefully हल्लाउँदा वा टाउकोमा बेसरी कुटेको कारणले गर्दा हुन्छ ।

बच्चाहरुको घाँटीको मांसपेसी कमजोर हुन्छ र दिमाग अविकसित भएको कारणले soft हुन्छ । उनीहरुको रक्तनलीहरु पनि delicate हुन्छ । बच्चालाई जोडले हल्लाउँदा brain repeatedly skull मा ठोक्किन जान्छ जसको कारण रक्त नलीहरु फुटेर रक्तश्राव हुने र मष्तिस्क सुन्निने हुन्छ । जसको कारणले आँखाको दृष्टि समेत जान सक्छ ।

सर्वेक्षण अनुसार कम्तिमा २० प्रतिशतसम्म यस लक्षण भएको बच्चाहरुको दृष्टि अल्परुपमा वा पूर्ण रुपमा गएको देखिन्छ । जसको कारण मष्तिस्कमा प्रत्यक्ष असर परेर हो । र, २५ प्रतिशत बच्चाको ज्यान समेत गएको अध्ययनले देखाएको छ ।

Shaken Baby Syndrome प्रायः जसो २ वर्ष मुनीका बच्चाहरुमा देखिन्छ । तर यसको असर ५वर्ष मुनीको बच्चालाई पनि पर्न सक्छ । विशेष गरी ६ देखि ८ हप्ताको बच्चाहरु धेरै रुने भएकोले यति बेलाको बच्चाहरुमा यसको असर धेरै देखा पर्दछ ।

Shaken Baby Syndrome साधारणतया बच्चालाई काखमा राखेर हल्लाउँदा, खेलाउँदा वा उफार्दा, सानो तिनो चोटपटकबाट र लडेर हुँदैन । एकोहोरो रुइरहेको बच्चालाई रिसले चूप लगाउँदा वा intentionally बच्चामाथि रिस पोख्ने नियतले साह्रो हल्लाउँदा मात्र यस्तो लक्षण देखा पर्छ ।

Shaken-Baby-Syndromeलक्षणहरुः
बच्चाको शरीरमा पुगेको क्षतिको हिसाबले लक्षणको गम्भीरता अलग–अलग हुन सक्छ ः–
Extreme irritability (बच्चाले धेरै झर्को मान्नु)
Difficulty in staying awake (बच्चालाई जागी रहन गारो हुन्छ )
Breathing problems (स्वाशप्रश्वासमा समस्या )
Tremors  (कम्पन हुन्छ)
खाना पिउन नरुचाउनु
मुर्छा पर्नु
पक्षाघात हुनु
आँखाको बाहिरी सतहमुनी रक्तश्राव हुनु सक्छ
डराउने बानी हुनु

अन्य लक्षणहरु ः
यस्ता लक्षणहरु बाहिर देखा पर्दैन । तर यसले भित्रीरुपमा समस्या गराइरहेको हुन्छ ।
 मष्तिस्क र आँखाभित्र रक्तश्राव हुने
 मेरुदण्ड र घाँटीलाई damage गर्ने
 करङ (छातीको हड्डी), खप्परको हड्डीहरु Fracture हुनुले

Complications :  (यस रोगवाट हुने जटिलताहरु)
रिसले मात्र केही सेकेन्ड (५सेकेन्ड) बच्चालाई हल्लाउँदा अपरिवर्तनीय रुपमा irreversible मष्तिस्कमा असर परी बच्चाको ज्यानसम्म पनि जान सक्छ ।
यो लक्षण देखापरेको बच्चा जति बाँच्छन् उनीहरु पनि जीवनभर स्वस्थ रुपमा रहन सक्दैनन् र सदैव निम्न स्वास्थ्य समस्याको निम्ति परिवारलाई वोझ बनिरहेका हुन्छन् ।

आंशिक वा पूण रुपमा अन्धो हुनु ।
कान नसुन्ने हुनु
शारीरिक विकासमा ढिलाई हुनु
मानसिक विकास नहुनु
मुर्छा पर्ने
पक्षाघात (cerebral palsy)

Test & Diagnosis :

  • Eye check-up
  • CT scan
  • MRI
  • X-Ray
  • Blood Test

PREVENTION :
आफ्नो बच्चाहरुलाई राम्रो व्यवहार गर्नुपर्छ । बच्चामाथि रिस देखाउनु हँुदैन । बच्चा धेरै रुइरह्यो भने रुनुको अरु कुनै कारण हुनसक्छ । बच्चालाई हल्लाएर चुप लगाउन नखोज्नुहोस् ।

एक क्षणको आवेगमा आएर बच्चालाई जोडले हल्लाउँदा उसलाई कहिल्यै निको पार्न नसक्ने बिमारी लाग्न सक्छ । उसको मष्तिस्कलाई क्षति पु¥याउन सक्छ । त्यसकारण यस्तो काम नगरौँ ।

बच्चा हेर्ने मान्छेलाई Shaken Baby Syndrome को जटिलता र त्यसले पार्न सक्ने असरहरुको बारेमा राम्रोसँग ज्ञान दिनु आवश्यक छ ।
(लेखक मेची नेत्रालय काँकरभिट्टामा कार्यरत छन् ।)

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: