एकतर्फी रुपमा मात्र खुल्यो काँकरभिट्टा नाका

  प्रकाशित मिति
१५ आश्विन २०७८, शुक्रबार ११:१४


भारतको पानीटंकी नाका ।

मेचीनगर, १५ असोज । पुर्वी नाका काँकरभिट्टा एकतर्फी रुपमा मात्र खुलेको छ ।

नेपाल सरकारले विहीबारदेखि काँकरभिट्टा र भद्रपुर नाका एकतर्फी रुपमा खुलाएको हो ।

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको झापाको काँकरभिट्टा र भद्रपुर नाका पुरानै लयमा फर्किएको छ । तर, उता भारत सरकारले भने पानीट्याङ्की नाका खुलाएको छैन । पश्चिम बंगाल सरकारले खोप कार्ड देखाएर मात्र नेपाल आउन दिईरहेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनिलसिंह दाहालले नेपाल सरकारले कोरोनाका कारण करिव डेढ वर्षपछि मात्र पुर्वी नाका काँकरभिट्टा खुल्ला गरेको बताए ।

भारतको पश्चिम बंगाल सरकारसँग आज (शुक्रबार) छलफल गरेर उताको नाका पनि खुलाउन पहल गरिने डीएसपी दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: