एकताको आजै घोषणा

  प्रकाशित मिति
३ जेष्ठ २०७५, बिहीबार १५:२२


मेचीनगर । लामो प्रतीक्षा पछि मूलधारका दुई शक्तिशाली कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओबादी केन्द्रविच विहीवार (आज) एकता घोषणा हुने भएको छ ।

एकता पछि पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ र चुनाव चिन्ह ‘सूर्य’ हुने समेत आजै घोषणा हुने छ ।

नयाँ पार्टीमा अहिलेका अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को हैसियत समान रहने भएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिन सफल तत्कालीन एमाले महासचिव मदन भण्डारीको स्मृति दिवसको दिन पारेर दुबै पार्टीले एकता घोषणा गर्न लागेका हुन् ।

भण्डारीले प्रतिपादन गरेको बहुदयीय जनवादको नीतिका कारण नेपाली कम्युनिस्ट आन्दोलनले प्रगति र लोकप्रियताको नयाँ बाटो लिएको मानिन्छ ।

भण्डारी र एमालेका तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रित सवार गाडी चितवनको दासढुङ्गामा रहस्यमय ढङ्गले दुर्घटनामा परेको थियो ।

सोही घटनामा भण्डारी र आश्रित मारिएका थिए । सो घटना भवितब्य नभएर नियोजित हत्या नै थियो भन्ने धेरैको शङ्का छ ।
उच्च राजनीतिक स्रोतले लोकतन्त्र पोस्टलाई दिएको जानकारी अनुसार आज एकताको सैद्धान्तिक घोषणा मात्र हुने छ ।
पार्टीका शीर्ष नेताहरुले पत्रकार सम्मेलन मार्फत नयाँ पार्टीको नीति, सिद्धान्त र कमिटी संरचनाको जानकारी दिने छन् ।
सम्भवतः आगामी जेठ ६ वा त्यस दिन सम्भव नभए साउनमा पुष्पलाल स्मृति दिवसको अवसर पारेर एकताको औपचारिक कार्यक्रम आयोजना गरिने भएको छ ।

आज एकताको औपचारिक घोषणा गरेर नेताहरुले हालसम्म एकता सम्बन्धमा बाँकी रहेका सबै संशयहरुको निवारण गर्ने भएका छन् ।

‘एकता हुँदैन कि भनी हल्ला गर्ने र भ्रम छर्नेहरुको खेतीपाती अब घोषणा पछि बन्द हुने भएको छ’–एकता संयोजन समितिका एक नेताले लोकतन्त्र पोस्टलाई बताए ।

यस्तो हुनेछ भागवण्डा
नयाँ बन्ने नेकपा कम्युनिस्ट पार्टीमा ओली र दाहालको हैसियत समान रहने भएको छ ।
यस अघि चर्चा भइरहेको आगामी महाधिवेशनपछि दाहाललाई अध्यक्ष बनाउने ग्यारेन्टी अहिले नगरिने भएको छ ।
केन्द्रीय कमिटी ४४४ सदस्यीय हुने छ । जसमा ५६ प्रतिशत एमाले र ४४ प्रतिशत माओबादीबाट समेटिने छन् ।
४३ सदस्यीय स्थायी कमिटी गठन हुने भएको छ । जसमा एमालेबाट २५ र माओबादीबाट १८ जना रहने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: