एकद्वार सेवा ः भद्रपुर नेपालमै पहिलो

  प्रकाशित मिति
७ आश्विन २०७३, शुक्रबार ११:३८


bhadrapur-napa

भद्रपुर, ७ असोज । ‘द्वार एक सेवा अनेक’ सोचका साथ भद्रपुर नगरपालिकाले आफ्ना सेवाग्राहीलाई सेवा प्रदान गर्ने व्यवस्था गरेको छ ।

विअशबिारदेखि सुरु हुने सो सेवाका लागि भवन मर्मतसम्भार, प्रविधि र व्यवस्थापनमा नगरपालिकाले रु ३३ लाख खर्च गरी सो व्यवस्था मिलाएको भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले बताए ।

यो सेवाबाट आमसेवाग्राहीलाई विद्युतीय टोकन मेसिन, अडियोसहितको उजुरीपेटिका, आफ्ना पालो नआएसम्म बातानुकुलित कक्षमा विश्रामको व्यवस्था, नगरपालिकाको कामकारबाहीमा पारदर्शिता झल्किने गरी नाइटभिजनसहितको सिसी क्यामेरा र उचित सल्लाह एवम् परामर्शका लागि सहायता कक्षको व्यवस्थापन गरिएको छ ।

सम्भवतः नगरपालिकामा यस्तो व्यवस्था नेपालमै पहिलोपटक झापाको भद्रपुर नगरपालिकामा सुरु भएको र यस्तो व्यवस्थाले आम नागरिक नगरपालिकाबाट पूर्णरूपमा सेवा पाउने आशा राखिएको कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: