एकीकृत भए मेची बोर्डर र प्रेस क्लब

  प्रकाशित मिति
१३ असार २०७७, शनिबार १२:३६


मेचीनगर । मेचीनगरका पत्रकारहरुको दुई वटा संगठनहरु एक भएका छन् ।

मेची बोर्डर जर्नालिष्ट एसोसिएसन नेपाल र प्रेस क्लब मेचीनगरवीच शनिबार काँकरभिट्टामा एकिकरण घोषणा भेला सम्पन्न भएको हो ।

मेचीनगरमा क्रियाशील पत्रकारहरु अब एक भएर अघि बढ्ने भएका छन् ।

मेचीनगरमा सञ्चालित दुईवटा संस्था मेची बोर्डर र प्रेस क्लबलाई एउटा साझा संस्था बनाउने सहमति भएको छ ।

काँकरभिट्टा खानेपानी संस्थाको कार्यालयमा भएको एकीकरण सभामा नयाँ पुस्ताका पत्रकारलाई समेट्दै प्रेस क्लब मेचीनगर बनाउने सहमति भएका छ । एकिकरणपछि तीन महिनाभित्र अधिवेशन गर्ने निर्णय भएको छ ।

आगामी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न मेची बोर्डरका तत्कालीन अध्यक्ष मुक्ति पौडेल संयोजक, प्रेस क्लबका तत्कालीन अध्यक्ष ज्ञानेन्द्र निरौला सहसंयोजक र नयाँ पुस्ताको नेतृत्व गर्दै पत्रकार झुलन रेग्मी सचिव रहने गरीको समिति सर्वसम्मत चयन गरिएको छ ।

समितिमा मेचीनगरमा क्रियाशील सबै पत्रकार सदस्य रहने छन् । मेचीनगरमा ३५ भन्दा बढी पत्रकार क्रियाशील छन् ।

प्रदेश सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यता तथा एकीकरण कार्यदलका संयोजक एवम् नेपाल पत्रकार महासंघ झापा सचिव सन्तोष आचार्यको सभापतित्वमा सम्पन्न सभामा कार्यदलका सदस्य तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, संस्थाका पूर्व अध्यक्षहरु मुक्ति पौडेल, ज्ञानेन्द्र निरौला लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन कार्यदलका सदस्य प्रकाश पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: