एकीकरणपछि बन्यो राप्रपाको ३२७ सदस्यीय केन्द्रीय समिति

  प्रकाशित मिति
२९ जेष्ठ २०७७, बिहीबार १७:१३


झापा, २९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३२७ सदस्यीय एकीकृत केन्द्रीय समिति  गठन गरेको छ ।

विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको सहमतिमा हाललाई ३२७ जना रहनेगरी गठन गरेको सो पार्टीले जनाएको छ ।

त्यस्तै ८२ जनाको केन्द्रीय कार्य सम्पादन समिति पनि गठन गरेको छ । केन्द्रीय कार्य सम्पादन समितिमा ११ जना आमन्त्रित रहने व्यवस्था गरेको राप्रपाले बिहीबार जारी गरेको विज्ञप्तिमा छ ।

त्यसैगरी सो पार्टीले विश्वबन्धु थापाको अध्यक्षतामा उच्चस्तरीय सल्लाहकार समिति गठन गरेको छ भने १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरेको छ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्य रहेका छन् । यसअघि पार्टी एकता घोषणा गर्दा थापा, राणा र लोेहनी अध्यक्ष रहने सहमति भएको थियो ।

यस्तो छ राप्रपाको केन्द्रीय समितिः

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: