एकीकृत समाजवादी झापाको सचिवमा विपी भट्टराई

  प्रकाशित मिति
६ असार २०७९, सोमबार २०:२०


झापा, ६ असार । नेकपा एकीकृत समाजवादी पार्टी (एस) झापाको सचिवमा विपी भट्टराई चयन भएका छन् ।
सोमबार नेकपा एस झापा जिल्ला कमिटिको बिर्तामोडमा बसेको बैठकले धुलाबारी निवासी भट्टराईलाई जिल्ला सचिवमा चयन गरेको हो ।
भट्टराई यसअघि जिल्ला उपसचिवको जिम्मेवारी समालेका थिए ।

वर्तमान जिल्ला सचिव मणि भण्डारीलाई केन्द्रिय परिषद् सदस्यमा सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । भण्डारीसहित १० जनालाई केन्द्रिय परिषद् सदस्यमा सिफारिस गर्ने निर्णय जिल्ला कमिटीले गरेको नेकपा एसका केन्द्रीय सदस्य अशेष घिमिरेले जानकारी दिए ।

जिल्ला वैठकले आज भट्टराईलाई सचिवको जिम्मेवारी दिएको घिमिरेले बताए । उनी धुलाबारी स्थित पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, विभिन्न सामाजिक संघ–संस्था समेत आवद्व छन् ।

झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकले गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: