एकैपटक ३ जनालाई कोरोना, अब ९ पुग्यो

  प्रकाशित मिति
२२ चैत्र २०७६, शनिबार १३:४७


मेचीनगर । नेपालमा एकैपटक तीन जना कोरोना संक्रमित फेला परेका छन् । एक जनालाई पहिलोपल्ट नेपालभित्रै संक्रमित भएको समेत पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीका ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको मन्त्रालयले जनाएको छ ।

योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो सवा ४ बजे हुने पत्रकार सम्मेलन अगावै सामाजिक सञ्जालमार्फत कोरोना संक्रमितको विवरण सार्वजनिक गरेको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको अवस्था

परीक्षण गरिएको – १३५६
संक्रमण नदेखिएको – १३४७
आइसोलेसनमा – ८
संक्रमण देखिएको – ९
निको भएको – १
मृत्यु भएको – छैन

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: