एकैसाथ तीनवटा भवन उद्घाटन

  प्रकाशित मिति
३ आश्विन २०७४, मंगलवार १४:३८


122  धुलावारी । धुलावारी माध्यामिक विद्यालयले बाल दिवस तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा सोमवार कार्यक्रमको आयोजना गरी २६ लाख ३६ हजार ४ सय ४७ रुपैयाँको लागतमा निर्माण भएको पशु विज्ञान विषय अन्तर्गतको प्रयोगशाला, ६५ लाख ६८ हजार ५ सय ५४ रुपैयाँको लागतमा निर्माण भएको ६ कोठे भवन र १७ लाख ७६ हजार ३ सय ७७ रुपैयाँको लागतमा निर्माण भएको सभाहलको उद्घाटन गरिएको हो ।

566

प्रयोगशाला निर्माणका लागि संसदीय क्षेत्र विकास कोषबाट १० लाख, ६ कोठे भवन निर्माणका लागि नेपाल सरकारबाट ४८ लाख अनुदान र सभाहल निर्माणका लागि नेपाल सरकारबाट १६ लाख सहयोग प्राप्त भएको र नपुग रकम विद्यालयले आफ्नो कोषबाट थप गरेको सो अवसरमा जानकारी गराइयो ।
ती भवनहरु सांसद नरेन्द्रविव्रmम नेम्वाङ, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले उद्घाटन गरेका थिए ।

0000000000

कार्यक्रममा विद्यालको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक रुद्र कुरुङ्वाङले विद्यालयलाई नमूना विद्यालय बनाउन आवश्यक भौतिक पूर्वाधार, व्यावसायिक र व्यवहारिक शिक्षा प्रदान गर्न विद्यालय सधैँ लागि परेको बताए । उनले भावी दिनमा धुलावारी माविलाई झापाको नमूना विद्यालय बनाउन प्राविधिक शिक्षा, इ–लाइब्रेरीको निर्माण, शिक्षण सिकाइ व्रिmयाकलाप, विद्यालयको अतिरिक्त व्रिmयाकलाप, खेलकुद लगायतका क्षेत्रलाई प्राथमिकताका साथ विकास गर्दै लाने बताए ।

कार्यक्रममा झापा क्षेत्र नम्वर १ का सांसद तथा पूर्व न्याय, कानुन तथा संसदीय व्यवस्था मन्त्री नरेन्द्रविव्रmम नेम्वाङ, जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेतीले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: