बाल्मिकीले गर्यो शिक्षक–विद्यार्थीलाई सम्मान

  प्रकाशित मिति
१६ फाल्गुन २०७४, बुधबार २०:२४


बिर्तामोड । वाल्मीकि एजुकेशन फाउण्डेसनद्वारा वर्ष उत्कृष्ट शिक्षकको रुपमा यस वर्ष पियुष ढुङ्गेल सम्मानित भएका छन् ।
उनलाई नगद दश हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरिएको थियो । विद्यालयले प्रत्येक वर्ष एक जना शिक्षकलाई कार्यदक्षताको आधारमा वर्ष उत्कृष्ट शिक्षकका रुपमा सम्मान गर्ने गरेको छ ।

सोही कार्यक्रमकाबीच विद्यालयीय गतिविधिमा उत्कृष्ट एक विद्यार्थीलाईसमेत सम्मान गर्ने परम्परा अनुसार यस वर्ष कक्षा ९ मा अध्ययनरत छात्रा सविना राईलाई सम्मान पत्र र ट्रफीद्वारा सम्मानित गरिएको थियो । उनीहरुलाई शिक्षा सेवाी गोपालकुमार वस्नेत , विद्यालयका निर्देशक आनन्दकुमार वस्नेतले सम्मान गरेका थिए ।
यसैबीच विद्यालयले आयोजना गर्ने हरेक कार्यक्रमलाई व्यवस्थित र सहजता पूर्वक सम्पन्न गर्नेे उद्देश्यले निर्माण गरिएको रत्न मेमोरियल सभाहलको उद्घाटन गरिएको छ । एक हजार जना अट्न सक्ने क्षमताको सभाहल ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको निर्देशक वस्नेतले बताए । भवन ५ हजार वर्ग फिटमा रहेको उद्घाटन समारोहमा जानकारी दिइयो ।

भवनको उद्घाटन प्रदेशसभा सदस्य एकराज कार्की र कांँग्रेस नेता देउमान थेवेले संयुक्त रुपमा गरेका थिए । विद्यार्थीलाई अतिरिक्त क्रियाकलावमा समेत सम्लग्न गराई उनीहरुको अन्तरनिहीत क्षमताको विकास गर्न विद्यालयले विभिन्न कार्यक्रम गर्दै आएको र उनीहरुको सीप र दक्षतालाई प्रस्तुत गर्न भवन सहयोगी बन्ने अपेक्षा गरिएको छ निर्देशक वस्नेतले भने ।

भवनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संसाद कार्कीले मुलुक संघीय संरचनामा गएसँगै शिक्षमा अन्योलता थपिएको बताए । पछिल्लो समयमा परीक्षाको वर्गीकरणले विद्यार्थीमा थप समस्या उब्जाएको छ भन्दै उनले भने– उक्त अन्योललाई चिर्न मेरो भूमिका रहन्छ । अबको शिक्षालाई नितान्त व्यवहारिक बनाउन म मेरो ठाँउबाट लाग्छु कार्कीले भने ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता थेवेले वाल्मीकि एजुकेशन फाउण्डेशन सिङ्गो मेची अञ्चलको जिम्मेवारी वहन गर्न सक्ने विद्यालय भएको चर्चा गरे । देशको मेरुदण्ड नै शिक्षा भएको भन्दै उनले भने –यो विद्यालयले किताबी ज्ञानसंगै विद्यार्थीमा बाहिर ज्ञान आर्जन गराउन अब्बल भएको मैले पाएको छु । यता बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख युवराज पाण्डे, श्रोत व्यक्ति केशर खवास लगायतले सबैको रोजाइमा परेको वाल्मीकिले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनीहरुले प्रदेशिक संरचना अनुसार विद्यालयको थप शैक्षिक गुणस्तर उकास्न आफूहरुको भरपूर सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

विद्यालयका तर्फबाट प्रिन्सिपल विष्णु सिंघल र विद्यार्थीका तर्फबाट रिसिका खरेलले स्वागत गरेको कार्यक्रममा विद्यार्थीले नृत्यको माध्यमबाट पनि अतिथिको स्वागत गरेका थिए ।

विद्यार्थीले विभिन्न सांस्कृतिक , पौराणिक, जातीय झाँकी सहित मनोरञ्जनात्कम कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरुले राई, लिम्बू , मगर, राजवंशी , सन्थाल, आर्य समुदायको समुदायको संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीले प्रस्तुत गरेको ताण्डव नृत्यले सबैको ध्यान खिचेको थियो ।

फाउन्डेसनका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षता भएको कार्यक्रममा विद्यालयका संरक्षक टुङ्गवहादुर बस्नेत, बिर्तामोड – १ का वडाध्यक्ष अग्नि पाण्डे , ३ का वडा अध्यक्ष भोजराज सिटौला लगायतको आतिथ्यता रहेको थियो । पहिलो सत्रको कार्यक्रमको संञ्चालन शिक्षक लक्ष्मण ढकालले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको संचालन छात्राहरु दिया संग्रौला र माल्भीका लक्सम्वाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: