झापा, १० कार्तिक । हुने खानेलाई होइन, हुँदा खानेलाई सहयोग गरौं भन्ने उद्घोषका साथ एक्सपर्ट एजुकेसन फाउन्डेसनले आज काठमाडौंको सडकमा रहेका असहायहरुसँग दसैंको उल्लास मनाएको छ ।
एक्सपर्टका निर्देशक खेम संग्रौलाले करीव ३०० जनालाई विजय दशमीको टिका लगाइदिएर मासुभाव खुवाइएको बताए ।
रातो अक्षता र जमरा बोकेर एक्सपर्टको टोली सडकमै पुगेको थियो । उनीहरुले असहायहरुलाई खोजी खोजी मासुभात खुवाएका थिए । टिका लगाएर दक्षिणा समेत दिएका थिए ।
कोरोनाको महामारीले गर्दा कैयन सर्वसाधारण घर जान पाएनन् । कति डेरामा बस्नेहरु बेखर्ची भए । रोजगारी गुमाएर कतिले सडकमा बास बस्नु परेको छ ।
यस्तो अवस्थामा दसैंको अलिकति खुशी साटौं भन्ने सोचेर फाउन्डेसनले सहयोग गरेको संग्रौलाले बताए ।