एक्सपर्टद्वारा एक करोड ६० लाखको सहयोग कोष घोषणा

  प्रकाशित मिति
३० चैत्र २०७६, आईतवार १९:५६


मेचीनगर । अस्ट्रेलियामा अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले स्थापना गरेको एक्सपर्ट फाउन्डेसनले दुई लाख अस्ट्रेलियन डलर (१ करोड ६० लाख रुपैयाँ बराबर)को सहयोग कोष घोषणा गरेको छ ।

फाउन्डेसनका तर्फबाट आइतवार जारी विज्ञप्तिमा उक्त सहयोग कोष बारे जानकारी दिइएको छ । कोषमा रकम फाउन्डेसन आफैले जम्मा गर्ने भएको छ । कतैबाट सहयोग लिएको होइन ।

कोभिड १९ (कोरोना भाइरस)को सङ्क्रमण र त्यसबाट बच्नका लागि चालिएका कदमहरुका कारण यतिबेला अस्ट्रेलियामा उच्च शिक्षा पढ्न गएका हजारौं नेपाली विद्यार्थी समेत प्रभावित भएको विज्ञप्तिमा उललेख छ ।

विद्यार्थीहरुलाई पर्नसक्ने तत्कालीन र दीर्घकालीन असरहरुलाई न्यूनीकरण गर्न हामीले सुरुदेखि नै प्रयास गरिरहेको एक्सपर्टले आफ्नो व्यावसायिक एवम् सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग कोष स्थापना गरेको जनाइएको छ ।

कोष दुई लाख अस्ट्रेलियन डलरको हुने र त्यसबाट असहज परिस्थितिमा रहेका नेपाली विद्यार्थीहरुलाई मदत पुर्याइने विज्ञप्तिमा जनाइएको छ ।

अस्ट्रेलियामा करीव ६० हजार विद्यार्थीहरु भएको अनुमान गरिएको छ ।

विज्ञप्तिको पूर्ण विवरण यसप्रकार छ–

विश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जनस्वास्थ्य र अर्थतन्त्रमा गहिरो प्रभाव पर्न गै सिंगो मानव जाति नै अहिले असहज परिस्थितिबाट गुज्रिरहेको छ ।

यो महामारीबाट समग्र शिक्षा क्षेत्र पनि प्रभावित भएको छ । त्यसमा पनि अध्ययनका लागि अस्ट्रेलिया आएका अन्तर्राष्ट्रिय बिद्यार्थीहरु झन् प्रभावित भएको हामिले महशुस गरेका छौं ।

कोभिड १९ को कारणले गर्दा अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरुलाई पर्नसक्ने तत्कालीन र दीर्घकालीन असरहरुलाई न्यूनीकरण गर्न हामीले सुरुदेखि नै आफ्नो सक्रियता कायमै राखेका छौं । यसका लागि हामीले विभिन्न सरकारी एवम् गैरसरकारी निकायहरु, शैक्षिक संस्थाहरु र सामुदायिक सङ्घ संस्थाहरुसँग नियमित सम्पर्क र सम्वादको माध्यमबाट समस्याको पहिचान र यसको समुचित व्यबस्थापनका लागि आवश्यक पैरवी गरिरहेका छौं ।

एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले सधैं आफ्नो ब्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेको छ । यसै सन्दर्भमा कोभिड १९ को कारणले अष्ट्रेलियामा अध्ययनरत् अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई पर्नसक्ने समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजको परोपकारी गतिविधिका लागि सञ्चालित संस्था एक्स्पर्ट फाउन्डेसनले २ लाख अस्ट्रेलियन डलरको कोभिढ १९ एक्सपर्ट सहयोग कोष स्थापना गरेको छ । यो निर्णयले कोभिढ १९बाट प्रभावित अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई केही हदसम्म भए पनि सहयोग पुग्ने हामीले आशा गरेका छौं ।

कोरोना भाइरसको महामारीबाट अस्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीका अविभावकहरु पनि अहिले प्रभावित भएको र यहाँ रहेका बिद्यार्थीहरुको रोजगारीमा पनि असर गरेको यथार्थलाई पनि मध्यनजर गर्दै यो निर्णय गरिएको छ । एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजमार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तर्रास्ट्रिय बिद्यार्थीहरुप्रति हाम्रो पहिलो दायित्व तथा अभिभावकत्व अनुभूत गर्दै यो कोषबाट १ लाख ५० हजार अस्ट्रेलियन डलर उहाँहरुको सहयोगका लागि छुट्याइएको छ भने अन्य अन्तर्रास्ट्रिय बिद्यार्थीहरुको सहयोगमा क्रियाशील बिभिन्न सामाजिक सङ्घसंस्थाहरु मार्फत सहयोग गर्नेगरी ५० हजार अस्ट्रेलियन डलर छुट्याइएको छ ।

पछिल्लो ६ महिनायता अस्ट्रेलिया आएका बिद्यार्थीहरु सबैभन्दा बढि प्रभावित भएको महशुस गरी पहिलोपटक १ अक्टोबर २०१९ देखि हालसम्म अस्ट्रेलिया आई रोजगारी नै नभएका, रोजगारी भएर पनि महामारीका कारण रोजगारी गुमाएका र एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई उनीहरुको आधारभूत आवश्यकता पूरा गर्नका लागि केही सहज होस् भन्ने उद्देश्यले हाम्रो बिभिन्न राज्यमा भएका कार्यालय तथा सम्पर्कहरु मार्फत उक्त कोषबाट सहयोग गरिनेछ ।

उक्त सहयोग आवश्यक हुनेले फाउन्डेसनको यो लिङ्कमा https://eevs=co/covid19-assistance_ गई रजिस्ट्रेसन गर्न र सहयोग प्राप्त गर्न चाहिने योग्यता सम्बन्धी जानकारी लिन सक्नुहुने छ । साथै कोभिड १९ बाट प्रभावित बिद्यार्थीहरुलाई कुनै पनि सल्लाह चाहिएमा हामिलाई [email protected] मा ईमेल गर्न सक्नुहुन्छ ।

अस्ट्रेलियामा अध्ययनरत अन्तर्रास्ट्रिय बिद्यार्थीहरुमा पर्नसक्ने प्रभाव न्यूनिकरणका लागि अस्ट्रेलियन सरकार र राज्य सरकारहरु अन्तर्गतका विभिन्न सरकारी एवम् गैरसरकारी निकायहरु र शैक्षिक संस्थाहरुले ल्याएका विभिन्न कार्यक्रमहरुबाट बिद्यार्थीहरुलाई केही हदसम्म भए पनि सहयोग पुग्ने हामीले विश्वास लिएका छौं । साथै बिद्यार्थीहरुलाई पर्नसक्ने समस्याहरुका बारेका हाम्रो व्यावसायिक सम्बन्ध भएका शैक्षिक संस्थाहरुसंग आफ्नो तर्फबाट हामी नियमित परामर्शमा रही बिद्यार्थीहरुको तर्फबाट पैरवी गरिरहेको र बिद्यार्थीहरुलाई सहयोग र सुविधा प्राप्त हुने बारेका सूचना उपलब्ध हुनासाथ बिद्यार्थीहरुलाई जानकारी गराइरहेको र यसलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्दछौं ।

यो समय एकअर्कामा सहयोग, सद्भाव कायम गर्दै धैर्यतापूर्वक मानवीय भावनाका साथ अगाडि बढ्ने समय हो । सरकारी निकायहरुबाट जारी गरिएका नियम तथा सन्देशहरुको पूर्ण पालना गर्दै यो महामारीबाट आफु र सिंगो समाजलाई सुरक्षित राख्न आ–आफ्नो ठाउँबाट पहल गर्न सबैमा हार्दिक अनुरोध पनि गर्दछौं ।
धन्यवाद ।

एक्स्पर्ट फाउन्डेसन परिवार
आईतवार, १२ अप्रिल २०२०

(फिचर इमेज एक्सपर्ट एजुकेसनको विर्तामोड शाखामा सञ्चालित सेमिनारको हो । यो अस्ट्रेलियाको तस्वीर होइन ।)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: