एक्सपर्टमा ‘ब्रेन गेन’को चर्चा

  प्रकाशित मिति
४ माघ २०७३, मंगलवार १४:४२


ex

विर्तामोड । नेपालका चर्चित टिभी जर्नालिस्ट राधाकृष्ण धितालले विदेशबाट आर्जेको आधुनिक शिक्षालाई राष्ट्रमा लगाउन सके नेपालले छिटो विकास गर्ने बताएका छन् ।

एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले विर्तामोडमा सोमवार दिउँसो आयोजना गरेको शैक्षिक परामर्श सम्बन्धी एक दिवसीय निःशुल्क सेमिनारमा मिडिया एक्सपर्टको रुपमा धारणा राख्दै त्यस्तो बताएका हुन् ।

अस्ट्रेलियामा शिक्षा आर्जनका अवसर र त्यसका फाइदा विषयमा बोल्दै कान्तिपुर टिभीका जर्नालिस्ट धितालले अब ‘ब्रेन डे«न’को होइन, ‘ब्रेन गेन’को चर्चा गर्नु पर्ने बेला आएको बताए ।

भरसक स्वदेशमै पढ्नु राम्रो कुरा भए पनि विश्व स्तरमा विकाउ हुने शिक्षा आर्जनका लागि नेपालीले विदेशका राम्रा गन्तव्यको खोजी गर्नु आवश्यकीय भइसकेको उल्लेख गर्दै उनले पछिल्लो समय शिक्षाको गुणस्तर, विद्यार्थीलाई रोजगारीको अवसर र अनुकूल हावापानीका कारण नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया सर्वोत्तम गन्तब्य बनिरहेको चर्चा गरे ।

34

एक्सपर्ट एजुकेसनले अस्ट्र«ेलियाको लागि मात्र परामर्श दिने र संस्थासँग दुई दशकदेखिको राम्रो अनुभव भएको कारण अस्ट्रेलिया पढ्न जानेलाई एक्सपर्ट नै रोज्न उनको सल्लाह थियो ।
एक्सपर्टको विर्तामोड कार्यालयमै भएको सेमिनारमा अस्ट्रेलियामा सबैभन्दा बढी नेपाली विद्यार्थीलाई अध्यापन गराउँदै आएको चाल्र्स स्टुट युनिभर्सिटीका डाइरेक्टर डेभिड नाइट, एक्सपर्टको अस्ट्रेलिया प्रमुख तथा माइग्रेसन कानूनका विज्ञ बद्री अर्याल र एक्सपर्टका डाइरेक्टर खेम सङ्ग्रौलाले नेपालीका लागि मात्र नभएर विश्वभरिका विद्यार्थीका लागि अस्ट्रेलिया आकर्षक शैक्षिक गन्तब्य बनिरहेको चर्चा गरेका थिए ।

चाल्र्स स्टुट युनिभर्सिटीका डाइरेक्टर डेभिड नाइटले २४ देशका विद्यार्थी उनको युनिभर्सिटीमा पढ्ने गरेका र तीमध्ये नेपाल र भारतका विद्यार्थी सबैभन्दा धेरै हुने गरेको जानकारी दिए ।
नेपाली विद्यार्थीको स्वभाव र मिहेनत अन्य देशका विद्यार्थीको तुलनामा धेरै नै राम्रो भएको जनाउँदै उनले नेपालीप्रति सद्भाव प्रकट गर्नैका लागि युनिभर्सिटीका तर्फबाट आफु नेपालसम्म आइपुगेको बताए ।

अस्ट्रेलियाको माइग्रेसन कानूनका ज्ञाता एवम् एक्सपर्टका अस्ट्रेलिया प्रमुख बद्री अर्यालले एक्सपर्ट एजुकेसनले अस्ट्रेलियामा पढ्नका लागि मात्र नभएर रोजगारी खोज्न र स्थायी आवासीय भिसाका लागि समेत प्रोसेसमा सघाउने गरेको बताउँदै आगामी सातादेखि इटहरीमा एक्सपर्टको शाखा खोलिने जानकारी दिए ।

पत्रकार, अभिभावकका साथमा दर्जनौ विद्यार्थी र अस्ट्र«ेलिया जाने प्रोसेसमा रहेकाहरूको सहभागिता रहेको सो सेमिनारमा फ्लोरबाट आएका जिज्ञासाहरूको जवाफ दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: