एक्सेलको खुद मुनाफा १० करोड

  प्रकाशित मिति
१९ चैत्र २०७३, शनिबार १९:०६


विर्तामोड । एक्सेल डेभलपमेन्ट बैङ्क लिमिटेडको एघारौ वार्षिक साधारणसभा शनिवार सञ्चालक समिति अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न भएको छ ।

सभाले चुक्ता शेयर पूँजीको २५ प्रतिशतका दरले वोनस शेयर र उक्त वोनस शेयर वितरण गर्दा कर मिलान प्रयोजनार्थ १.३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त सभाले सर्वसाधारण समूहका शेयरधनीहरु मध्येबाट पर्शुराम दाहाल र विकास गोयललाई सञ्चालक निर्वाचन गरेको, २५ प्रतिशत वोनस शेयर वापतको रकम वितरण पश्चात कायम हुन आउने चुक्ता पू“जी रु ३८ करोड ४५ लाख ६२.५ हजारको ५० प्रतिशतका दरले अर्थात २ः१ का दरले हकप्रद शेयर जारी गर्ने, वैङ्कको अधिकृत पू“जी वृद्धि गरी १ अर्व पु¥याउने, संस्थापक तथा सर्वसाधारण समूहको शेयरको अनुपात क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

आ.व. २०७२÷०७३ मा खुद मुनाफा रु ९ करोड ९८ लाख ४१ हजार गर्न सफल यस वैङ्कको हालसम्म लगानीमा रहिरहेको कर्जा रु ३ अर्व ७१ करोड रहेको छ भने निक्षेप सङ्कलन रु ४ अर्व ३२ करोड रहेको छ ।

झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको यस बैङ्कले हाल झापा, इलाम र मोरङका विभिन्न १७ स्थानमा अवस्थित आफ्ना कार्यालयहरु मार्फत ग्राहक समक्ष बैङ्किङ सेवा प्रदान गरिरहेको छ भने आगामी दिनमा थप शाखा विस्तारकोे लक्ष्य लिएको छ ।

एघारौ वार्षिक साधारण सभाबाट पारित वोनश शेयर तथा हकप्रद शेयर निष्काशन पश्चात वैङ्कको चुक्तापूँजी रु ५७ करोड ६८ लाख ४४ हजार पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: