विर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड विर्तामोडले रु सात करोड १३ लाख ६५ हजार नाफा गरेको छ ।
अघिल्लो वर्ष भन्दा योवर्ष बैंकको निक्षेपमा ७।३५ प्रतिशत तथा कर्जामा १७।२६ प्रतिशतले वृद्धि भएकाले खुद नाफामा समेत १८।५८ प्रतिशतले वृद्धि भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दीनेशकुमार पोखरेलले बताए ।
बैंकले अघिल्लो आवमा रु ६ करोड १८ लाख नाफा गरेको थियो । विर्तामोडमा मुख्य कार्यालय रहेको बैंकले इलाम, फिक्कल, दमक, चारआली, बुधबारे, विराटनगर, धुलाबारी, शिवगञ्ज, सुरुङ्गा, भद्रपुर, काँकरभिट्टा, शनिश्चरे र शैनिकमोडबाट समेत सेवा दिँदै आएको समितिका अध्यक्ष चेतप्रसाद भट्टराईले बताए ।
बैंकको १०औँं वार्षिक साधारणसभाका अवसरमा विर्तामोडमा आयोजित कार्यक्रममा बैंकले चुक्ता पुँजी रु ५० करोड पु¥याउने योजना रहेको र १० जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । साधारण सभाको उद्घाटन जिल्ला शिक्षा अघिकारी डिल्लीराम लुइँटेलले गरेका थिए ।