एक्सेलले असोज २५ गते २४ करोडको शेयर निष्काशन गर्दै

  प्रकाशित मिति
१६ आश्विन २०७८, शनिबार १८:०४


झापा, १६ असोज । एक्सेल डभेलपमेन्ट बैंकले एक सातापछि पूँजी वृद्धिका लागि २४ करोडभन्दा बढीको हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

पाँच जिल्ला कार्यक्षेत्र भएको एक्सेलले कार्यक्षेत्र विस्तार गरी प्रदेश नं. १ का १४ वटै जिल्लामा सेवा पुर्याउने लक्ष्यका साथ सर्वसाधारणका लागि शेयर जारी गर्न लागेको हो ।

बैंकको आज विर्तामोडमा सम्पन्न १५ औं साधारणसभाले शेयर निष्काशनको प्रस्ताव अनुमोदन गरेको छ ।

बैंकसँग चुक्ता शेयर पूँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँ थियो ।

अब त्यसको ३० प्रतिशत पूँजी बढाउन बैंकले शेयर जारी गर्ने निर्णय गरेको बैंकका सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले जानकारी दिए ।

यही असोज २५ गते शेयर निष्काशन हुने अध्यक्ष गोयलले बताएका छन् ।

प्रदेशकै ठूलो स्थानीय बैंकको रुपमा रहेको एक्सेलमा हाल ११ अर्ब रुपैयाँ निक्षेप र १० अर्ब रुपैयाँ लगानी रहेको छ ।

कोरोना महामारीका बीच समेत ६० प्रतिशत मुनाफा वृद्धि गर्न सफल एक्सेल बैंकका हाल एक लाख ५० हजार ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: