एक्सेल कर्मचारी युनियन अध्यक्षमा लोहनी

  प्रकाशित मिति
३ चैत्र २०७५, आईतवार ०८:४४


विर्तामोड । एक्सेल डेभलपमेन्ट बैङ्क कर्मचारी युनियनको दोस्रो अधिवेशनले कार्य समितिको अध्यक्षमा गोपाल लोहनीलाई सर्वसम्मत चयन गरेको छ ।

बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेटमा शनिवार भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा भागवत ढुङ्गाना, दुई जना उपाध्यक्षमा नवीन सङ्ग्रौला र यामनाथ पौड्याल, महासचिवमा राजशङ्कर झा, सचिवमा सरोज खतिवडा र कोषाध्यक्षमा गजेन्द्र ढकाललाई महाधिवेशनले सर्वसम्मत चयन गरेको बैङ्का कर्मचारी पङ्कज घिमिरेले जानकारी दिए ।

सदस्यहरुमा निशा ओली आचार्य, भागवता ढुङ्गाना, राजन ढकाल र सुरज ओझा चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि ट्रेड युनियन काङ्ग्रेसका झापा जिल्ला अध्यक्ष यज्ञप्रताप अधिकारी, विशिष्ठ अतिथि बैङ्कका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल र नायब प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी रहेका थिए ।

विर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल बैङ्कको पाँच जिल्लामा ३० वटा शाखा छन् । जसमा २ सय भन्दा बढी कर्मचारी कार्यरत छन् ।
(लोकतन्त्र पोस्ट दैनिक)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: