बिर्तामोड । अष्ट्रेलियाका लागि बिद्यार्थीहरुलाई अध्ययनका निम्ति सेवा र परमर्श प्रदान गर्दै आएको एक्स्पर्ट एजुकेशन एण्ड भीसा सर्भिसेसले बिर्तामोडमा पनि बृहद शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
एक्स्पर्ट एजुकेशन एण्ड भीसा सर्भिसेस्को तर्फबाट बिर्तामोडमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइए अनुसार यही असोज ११ गते यस्तो मेलाको आयोजना गरिएको छ ।
यहाँस्थित होटल होलीडे होमको हलमा हुने मेलामा अष्ट्रेलियाका बिभिन्न ११ बटा शैक्षिक प्रतिष्ठानका स्टलहरु रहनेछन् भने सो क्रममा शैक्षिक क्षेत्रका बिज्ञहरुले परामर्श प्रदान गर्ने एक्स्पर्टका बिर्तामोड कार्यालयका मेनेजर कृष्ण खतिबडाले बताए ।
उनका अनुसार सो मेलामा एक्स्पर्टका नेपाल निर्देशक खेम संग्रौला, नेपाल मेनेजर शरदराज पाठक, एडिलेड निर्देशक रुपक बर्तौलाको आगमन हुनेछ । एक्स्पर्टले यस्तै प्रकारको बृहद् शैक्षिक मेला यस अधि धनगढी, चितबन, नेपालगंज, दांग, बुटबल, पोखरा, बिराटनगर, कोहलपुरमा सम्पन्न गरिसकेको छ ।
जम्मा १५ स्थानमा यस्तै कार्यक्रमको आयोजना हुने खतिवडाले बताए । सो कार्यक्रममा एसबीआई बैंकले पनि बिद्यार्थीहरुलाई शैक्षिक कर्जा प्रदान गनैृ बिषयमा परामर्श प्रदान गर्ने सो बैंकका बिर्तामोड कार्यालयका ऋण अधिकृत जीवन शिबाकोटीले बताए ।
सो मेलामा ५ सय भन्दा बढीले परामर्श लिने आशा गरिएको आयोजकले जनाएको छ ।