एक्स्पर्ट सूर्योदय क्वीज सिजन टु सुरु

  प्रकाशित मिति
१४ फाल्गुन २०७४, सोमबार १३:४९


विर्तामोड । सूर्योदय टेलिभिजनको आयोजनामा आइतबारदेखि एक्स्पर्ट सूर्योदय क्वीज सिजन टु सुरु भएको छ । क्वीजको एक कार्यव्रmमका बीच सूर्योदय टेजिभिलनका अध्यक्ष मनोज उप्रेतीले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यव्रmमलाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले यस्ता कार्यव्रmमहरु विद्यार्थीको करियरका लागि महत्वपूर्ण प्लेटफर्म हुने बताए ।
टेजिभिजन सेटबाट प्रसारण हुने मोफसलकै ठुलो राशीको हाजिरीजवाफ प्रतियोगिताको रुपमा रहेको यो कार्यव्रmम गत बर्षबाट सुरु भएको हो । सिजन वन कै निरन्तरताका रुपमा यस बर्ष पनि प्रतियोगिता आयोजना गरिएको कार्यव्रmम संयोजक देवी गौतमले बताए ।

यस कार्यव्रmमलाई निरन्तरता दिइने र अझ व्यापक बनाउँदै लगिने कार्यव्रmमको मुख्य प्रायोजक संस्था एक्स्पर्ट एजुकेसन एन्ड भिजा सर्भिसेसका व्यवस्थापक कृष्ण खतिवडाले बताए ।

प्रतियोगितामा प्रदेश एकका विभिन्न विद्यालय तथा क्याम्पसबाट ४२ टिम सहभागी रहेका छन् ।

सहभागी टिममध्ये विजेता टिमले ५० हजार नगद र प्रमाण पत्र पाउँने छन् । आइतवारबाट लीग राउण्ड सुरु भएका छ ।
यस चरणबाट विजेता बनेकाहरु सेमी फाइनलमा प्रवेश गर्ने छन् । लीग गरणको छनोट कार्यव्रmमलाई यही फागुन २० गतेदेखि सूर्योदय टलिभिजनबाट प्रसारण गरिने कार्यव्रmम संयोजक गौतमले बताए ।

लीग चरणबाट छनोट भइ सेमीफाइनल र फाईनल राउण्डलाई प्रत्यक्ष प्रसारण गरिने सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनालीले बताइन् ।

उद्घाटन कार्यव्रmमका अवसरमा साहित्यकार पुन्यप्रसाद खरेल, पत्रकार महासघ झापाका सचिव सन्तोष आचार्य, सूर्योदय टेलिभिजनका प्रशासन प्रमुख याम विमली, कार्यव्रmम निर्देशक दिपेन भेटवाललगायतले शुभकामना दिएका थिए ।

लीग राउण्डको छनोट कार्यव्रmम फागुन १६ गतेसम्म हुनेछ । बिराटज्योति इङलिस स्कूल बिर्तामोड, गोमेन्द्र कलेज बिर्तामोड, मनकामना कलेज बिर्तामोड, कोहेड कलेज बिर्तामोड, कनकाई मल्टिपल कलेज सुरुङ्गा र आउट फिट फेसन बिर्तामोडले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: