‘एक्स्पायर डेट’ नलेखिएको पञ्चामृत जफत

  प्रकाशित मिति
२४ जेष्ठ २०७७, शनिबार १३:२३


मेचीनगर, २४ जेठ । धाइजनको ऋतिका डेरी उद्योगले लेबलमा ‘म्यानुफ्याक्चर र एक्सपायर डेट’ नलेखी पञ्चामृत ब्रान्डको पोका दुध बेचेको शिवसताक्षीको अनुगमन टोलीले फेला पारेको छ ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालको नेतृत्वमा शुक्रवार दुधे, डुडामारी र झिलिझिले बजारमा गरिएको अनुगमनमा पञ्चामृत दुधको पोकामा ‘म्यानुफ्याक्चर र एक्सपायर डेट’ नरहेको पाइएको थियो ।

अनुगमन टोलीले जफत गरेको आधा लिटरका ९० पोका दुध नस्ट गरेको थियो भने उद्योगीलाई यस विषयमा सचेत गराइएको बताइएको छ ।

टोलीमा वडाध्यक्ष भैरवकुमार श्रेष्ठ र केहरसिंह बस्नेत, जिसस झापाकी सदस्य जुनु मोहरा, प्रहरी निरीक्षक कोमल ठाकुर, पशु सेवा कार्यालयका अधिकृत रामअवतार यादवलगायत थिए ।

ऋतिका डेरी उद्योगका सञ्चालक योगेन्द्र चिमरियाले दुधको गुणस्तरमा कुनै कमजोरी नरहे तापनि लेबलमा कमजोरी भएको स्वीकारेका छन् ।
उनले लामो समयदेखिको लकडाउनका कारण लेबलको मसी अभाव हुँदा ‘म्यानुफ्याक्चर र एक्सपायर डेट’ नलेखिएको दावी गरे ।

अरु उद्योगबाट सापटी मागेर प्रिन्ट मसी ल्याइसकेको हुँदा अबदेखि दुधको पोकामा ‘म्यानुफ्याक्चर र एक्सपायर डेट’ उल्लेख हुने चिमरियाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: