मेचीनगर । झापाका अधिकांश किसानले उत्पादन गरेको लिच्ची बन्दाबन्दीका कारण वगानमा नै कुहिने अवस्थामा पुगेको छ ।
झापाको दक्षिणी क्षेत्र बिर्तामोड–७ स्थित बारघरेका युवराज पोखरेलले तीन विगाहा क्षेत्रफलमा लगाएको लिच्ची बन्दाबन्दीका कारण वगानमा नै लिच्ची कुहिने अवस्थामा पुगेको हो ।
आफ्नो ढेड विगाहा र लिजमा लिएको ढेड विगाहा जग्गामा रोपिएको ४ सयवटा बोटमा उत्पादन भएका लिच्ची सोचेजति भाउँ नहुँदा वगानमा नै कुहिने अवस्थामा पुगेको किसान पोखरेलले बताए ।
उनको वगानमा देशी र चाइनिज जातका लिच्ची छन् ।
अबको १० दिनभित्र लिच्ची सोचेजतिको भाउँमा बिक्री भएन भने कुहिने पोखरेलको भनाई छ ।
दश वर्षदेखि लिच्चीको वगान लगाएका उनले ४ वर्षपछि उत्पादन हुन थालेको बताए ।
वर्षेनि ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताएका उनले यसपटक वजारमुल्य नभएको दावी गरे ।
‘वर्षेनि लिच्ची बिक्रीका लागि काठमाडौँ पठाइने गरिएको छ’, पोखरेलले भने–‘यसपटक मुस्किलले काठमाडौँ पठाइरहेको छु । विहीबार ५४ कार्टुन लिच्ची काठमाडौँ पठाएको थिए ।’
काठमाडौँमा एक दानाको २ देखि ३ रुपैयाँका दरले वजार मुल्य रहेको उनको भनाई छ ।
स्थानीयमा उक्त दाममा खासै बिक्री नहुँने भएकोले दश दिनमा वगानका सबै लिच्ची बिक्री भएपनि, नभएपनि काठमाडौँ पठाइने पोखरेलले जानकारी दिए ।
जिल्लाका विभिन्न ठाउँको वगानमा उत्पादन गरेको लिच्ची किसानले वजार मुल्य नपाउँदा कुहिने अवस्थामा पुगेको उनीहरुको गुनासो रहेको छ ।
।। अर्जुन कार्की ।।