दुहागढी । एकदिने निःशुल्क आँखा शिविर दुहागढीमा आइतवार सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी दुहागढी उपशाखाको आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा १ सय ८४ जनाले आँखा जाँच गराएका थिए ।
आँखा जाँच गराउने मध्ये १४ जनामा मोतियाविन्दु फेला परेको हुँदा निःशुल्क शल्याक्रियाका लागि मेची आँखा अस्पताल पठाईएको उपशाखाकी सचिव कृष्णकुमारी सुवेदीले बताइन् । शिविरमा ११ हजार मुल्य वरावरको निःशुल्क औषधि वितरण गरिनुका साथै ५३ जनालाई शुलभ दरमा चस्मा समेत उपलब्ध गराईएको थियो ।
शिविरको एक समारोहकाबीच मेचीनगर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शंकरप्रसाद पोखरेल र नेपाल रेडक्रस सोसाईटी झापा शाखाका उपमन्त्री विश्व थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उपशाखाका सभापति गोपीराज मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर परिषद सदस्य लालमोहम्मद मियाँ, कार्यपालिका सदस्य विन्दा प्रसाई लगायतको आतिथ्यता रहेको थियो ।