एक बर्षमा १५ को हत्या

  प्रकाशित मिति
११ असार २०७३, शनिबार १७:४९


killing.jpg

विर्तामोड । झापामा एक बर्षभित्रमा १५ जनाको हत्या भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिवार सार्वजनिक गरेको तथ्याङ्कमा राज्यले सुरक्षा व्यवस्था मजबुत पारेको भएपनि उल्लेख्य रुपमा अपराध नियन्त्रण हुन सकेको छैन ।

आपराधिक घटनामा अघिल्लो बर्षको तुलनामा कमी आएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । गएको छ महिनामा झापामा ६ जनाको हत्या भएको छ भने १२ वटा बलात्कारको घटना भएको छ । एउटा अपहरणको घटना भएको जनाइएको छ । बलात्कारको घटनामा बालिका बढी पीडित भएका छन् । सो अवधिमा आठवटा बलात्कारका घटना बालबालिकासँग जोडिएका छन् भने चारजना महिला बलात्कृत भएका छन् ।

विगतको तुलनामा राज्यकोतर्फबाट मानवअधिकार उल्लङ्घनको घटनामा पनि कमी आएको इन्सेक झापाका प्रतिनिधि अर्जुन बस्नेतले बताए । उनले राज्यबाट यो अवधिमा यातना, हत्या जस्ता घटना नभएको बताए ।

यस अवधिमा एक बालक, दुई महिला र तिन पुरुषको हत्या भएको छ । अधिकांश घटना यौनसँग सम्बन्धित रहेको समेत बस्नेतले बताए । उनले मानवअधिकारका क्षेत्रमा यौन अपराध मुख्य चुनौती रहेको पनि प्रष्ट्याए । हाडनातामा हुने यौनबाट सिर्जित अपराधमा पीडितले सार्वजनिक गर्न नचाहने हुनाले कतिपय घटनाका दोषीहरुले उन्मुक्ति पाउने गरेका थिए । बस्नेतका अनुसार यो बर्ष आपराधिक घटनामा संलग्न अधिकांशलाई राज्यले कानुनी दायरामा ल्याउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: