एक रुपैयाँ दान दिने अभियानको शुभारम्भ (फोटोहरु पनि हेर्नुहोस्)

  प्रकाशित मिति
१ फाल्गुन २०७७, शनिबार २१:२७


झापा, १ फागुन । धार्मिक पर्यटकीय स्थल साधुटारमा एक रुपैयाँ दान अभियान शुभारम्भ गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज एक समारोहबीच एक रुपैयाँको रसिद काटेर अभियानको उद्घाटन गरे ।

गुरुकुलमा पढिरहेका सय जना विद्यार्थीको शिक्षादीक्षा र धार्मिक स्थलको विकासका लागि दान अभियान सञ्चालन गरिएको साधुटार गुरुकुल संस्कृत बेद पाठशालाका प्राचार्य लक्ष्मीप्रसाद खतिवडाले बताएका छन् ।

प्रजिअ तिम्सिनाले पाँच वर्षसम्मको प्रत्येक दिन एक रुपैयाँका दरले दान दिएका छन् ।

प्राचार्य खतिवडाले सय जना विद्यार्थीलाई निःशुल्क पठनपाठन गर्दै आएको पाठशालामा सरकारबाट प्राप्त हुने बार्षिक २ लाख ४० हजार रुपैयाँ हात्तीको मुखमा जिरा भएको गुनासो पोखेका थिए ।

आन्तरिक राजश्व कार्यालयका प्रमुख युवराज श्रेष्ठ, सहायक प्रजिअ कृष्णबहादुर शाही, जिल्ला प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई लगायतले पनि दानको रसिद काटेका थिए ।

इलाम जिल्लाको सिमानामा रहेको साधुटार झापाको प्रमुख पर्यटकीय स्थल पनि हो । साधुटारमा गौशाला पनि छ । गाईको पनि सेवा हँुदै आएको छ ।

दान रकम राष्ट्रिय बाणिज्य बैंकको खाता नं. २६२०१०००००००७००६ मा पनि सिधै जम्मा गर्न सकिने ब्यवस्था मिलाइएको बताइएको छ । एघार करोड रुपैयाँ जम्मा नभएसम्म सो रकम बैंकमै रहने र पाँच बर्षमा लक्ष्य पुग्ने खतिवडाले दावी गरेका छन् ।

–बिजय बराल

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: