एजेन्ट पक्राउ, युवतीको उद्धार

  प्रकाशित मिति
१६ माघ २०७६, बिहीबार १९:४४


मेचीनगर । काँकरभिट्टा नाकाबाट भारत लैजाँदै गरेका दुई युवतीलाई बुधबार प्रहरीले उद्धार गरेको छ भने एक जना एजेन्टलाई पक्राउ गरेको छ ।

बैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका काभ्रेपलाञ्चोक घर भएका १६ र २२ बर्षीया युवतीलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले उद्धार गरेको हो ।

युवतीलाई भारत लादै गरेका दोलखा स्थित तामाकोशी–४ घर भएका २१ बर्षीय सुदीपबाबु पोखरेललाई पक्राउ गरेको डीएसपी राजेन्द्र पोखरेलले जानकारी दिए ।

पक्राउ परेका सुदीपबाबुलाई जिल्ला अदालतबाट अनुमति लिई मानव बेचविखन तथा ओसार पसारको अभियोगमा मुद्दा चलाइएको उनले बताए ।

अभियुक्त सुदीपबाबुले ति युवतीहरुलाई भारतमा २२ हजार रुपैयाँको जागिर लगाई दिने प्रलोभन देखाई लैजाँदै गरेको अवस्थामा काँकरभिट्टाबाट साना हातहरु नेपाल नामक संस्था र प्रहरीले संयुक्त रुपमा उद्धार गरेको थियो ।

युवतीहरुलाई अभिभावकको जिम्मा लगाईने जनाइएको छ । उद्धार गरिएका युवतीहरुलाई साना हातहरु नामक संस्थाको संरक्षणमा राखिएको डीएसपी पोखरेलको भनाइछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: